स्याङजा, २३ असार । भीरकोट नगरपालिका वडा नं. २ ठाडोलाईन स्थित भाडामा लिई संचालन गरेको बिबेक होटलमा तास खेलीरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एक लाख ७६ हजार ४ सय ५ रुपैंया सहित २ सय १२ पत्ती तास सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर मुद्धामा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।
Wednesday, December 3
Trending
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
- एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
