स्याङजा २२ कात्तिक । स्याङ्जा हेभिमेसिन अपरेटर संघ गठन गरिएको छ ।
वालिङमा सम्पन्न सभाले दिपकराज भट्टराईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सचिवमा निमेश न्यौपाने, सहसचिवमा निमबहादुर क्षेत्री, कोषाध्यक्षमा दलबहादुर थापा र सहकोषाध्यक्षमा दिपेन्द्रकुमार शर्मा लगायत अन्य सदस्यहरु रहनुभएको छ ।
कार्यक्रममा कास्कीका हेभिमेसिन अपरेटर संघका अध्यक्ष शुसिलकुमार वाग्लेले संघलाई देशभर विस्तार गर्ने अभियान रहेको जानकारी गराउनुभयो ।
विनोदकुमार वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा निमेश न्यौपानेले स्वागत र दिपकराज भट्टराईले संचालन गर्नुभएको थियो ।
Wednesday, November 5
Trending
- राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
- वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
- गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
- जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
- उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
- यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
- ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
- कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
