स्याङजा, २० साउन । चापाकोट नगरपालिकाबाट प्रवाह हुने सबैखालका सेवा बुधवारदेखि बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण बढेसंगै नगरपालिकाको आकस्मिक बैठकले आजदेखि लागु हुने गरी १० दिनको लागि बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत साउन २९ गतेसम्म स्वास्थ्य सेवा वाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने जनाएको छ। नगरभित्रका कार्यालय सहित बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा अर्धसरकारी गैरसरकारी संघ संस्थाहरु तथा शैक्षिक संघसंस्थाहरु सबै पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।
नगर प्रमुख शिवकुमार गिरीले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ। तोकिएको समयभित्र र तोकिएका पसलमा खाद्यान्न सामाग्री खरिद गर्न सुझाइएको छ।
पालिकाका अनुसार मंगलबार साँझसम्म ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये ३ सय ३० जना निको भएका छन। आजसम्म १ सय ५७ जना संक्रिय संक्रमित छन भने ८ जनाको निधन भएको छ।
साथै, नगरभित्र १० शैयाको अक्सिजनसहितको आइसोलेशन केयर सेन्टर, २ वटा एम्बुलेन्सको ब्यवस्था र समुदायमा पुगेर निशुल्क एन्टीजेन र पिसिआर परिक्षण गर्दे आएको पालिकाले जनाएको छ।
स्याङजाको ११ पालिका मध्ये चापाकोट नगरपालिका बढी प्रभावित मध्येको एक हो। अन्य १० पालिकामा भने बन्दको घोषणा गरिएको छैंन।
Friday, June 6
Trending
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
- सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
- चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध