स्याङ्जा ३१ भदौ । स्वास्थ्य मन्त्रालयले वालिङ नगरपालिका स्थित डायलायसिस सेन्टरका लागि ४ वटा मेशिन उपलब्ध गराएको छ।
वालिङ् नगरपालिकाको समन्वयमा वडा नं. १० मा संचालित वालिङ सामुदायिक डायलाईसिस केन्द्रमा रहनेगरी मन्त्रालयले ती मेसिन उपलब्ध गराएको हो। मृर्गौला डायलायसिस गर्नेको संख्या दिनप्रति बढ्दै गएपछि केन्द्रले थप मेशिनका लागि नगरपालिकासंग अनुरोध गरेको जनाएको छ।
स्वास्थ्य बिभाग प्रशासन महाशाखा प्रमुख भुवन काफ्लेले नगरप्रमुख कृष्ण खांण, निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, उपपप्रमुख कविता तिवारी तथा रोटरी क्लबका अध्यक्ष सीता डुम्रे, पुर्व अध्यक्ष राजेन्द्र डुम्रे लगायतको उपस्थितीमा सो मेशिन हस्तान्तरण गर्नुभएको हो ।
नगरपालिकाको सहयोगमा गतवर्षदेखि रोटरी क्लब अफ वालिङले केन्द्र मार्फत मृर्गौला पिडितलाई निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउदै आएको छ।
निप्रो कम्पनीको करिव ७८ लाख मुल्य बराबरको डायलाईसिस मेसिन उपलब्ध गराएको केन्द्रका कार्यालय प्रमुख अर्जुन तिवारीले जानकारी दिनुभयो । यसअघि केन्द्रमा ८ वटा डायलायशिस मेसिनबाट दैनिक दुई चरणमा १६ जना विरामीले डायलाईसिस गराउदै आएका छन्।
योसंगै अव केन्द्रमा १२ वटा मेसिनबाट दैनिक २४ जनाको मृगौला डायलाईसिस गरिने प्रमुख तिवारीले बताए। मृगौलाका अवस्था हेरेर हप्तामा १, २, ३ पटकसम्म डायलाईसिस गर्नु पर्ने उहाको भनाई छ।
हाल सेन्टरमा ४३ जनाले नियमित मृगौला डायलाईसिस गराउछन्। केन्द्र स्थापनाअघि यहाँका धेरै जना मृर्गौल पिडितहरु अन्यत्र शहर तथा जिल्लामा गएर उपचार गराउन वाध्य थिए।
यहाँ स्याङ्जाका कालीगण्डकी, चापाकोट, वालिङ, हरिनास, बिरुवा पालिकाबासी र कास्की, पर्वत लगायत छिमेकी जिल्लाका मृगौला पिडितले समेत डायलायसिस सेवा लिदै आएका बताइएको छ।
डायलायसिस केन्द्रमा मृर्गौला डायलायसिस मात्र नभई मृर्गौला परिक्षण पनि हुदै आएको छ। केन्द्रमा दैनिक सरदर ३५ जना जति मृर्गौला परिक्षणका लागि आउने गरेका छन्। केन्द्रले ५ हजार जनाको मृर्गौला परिक्षण गर्ने लक्ष्य लिएको छ।
मृर्गौला संक्रमित भएपछि डायलायसिस गराउनु भन्दा पहिला नै मृर्र्गोला स्वस्थ राख्नका लागि परिक्षण सहित सुझाव दिने गरेको डायलायसिस केन्द्रले जनाएको छ।