स्याङ्जा, १९ असार । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य भएको बताउनु भएको छ ।
आधीखोला गाउँपालिका ५ सेतिदोभानको आधीखोला सामुदायिक अस्पतालको शिलन्यास गर्दै पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण त्यसै मर्न नपर्ने बताउनुभयो । नयाँ सरकार गण्डकीमा अस्तित्वमा आएसगै पहिलो निर्णय नै महिला स्थन क्यान्सर, पाठेघर क्यान्सरको प्रदेश सरकारले गर्ने निर्णण गरेको बताउदै मुख्य मन्त्री पोखरेलले दुर्गम क्षेत्रका बिरामीलाई निशुल्क अस्पताल पु¥याइने बताउनुभयो ।
एक बर्ष देखि महामारीको रुपमा फैलिएको कोरोनाले बिश्वभर क्षति पु¥याएको बताउदै पोखरेलले प्रदेश सरकारले चाडो भन्दा चाडो निशुल्क खोप दिने बताउनुभयो । खोप ल्याउने जिम्मा केन्द्रको भएको बताउदै मुख्य मन्त्री पोखरेलले केन्द्रले ल्याएको खोप प्रदेशले चाडो नपाएमा बिदेशी निकाय र नीजि क्षेत्रसगँ समन्वय गरेर खोप नागरिककोमा प्रदेशले पु¥याउने बताउनुभयो । प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत, ६५ बर्ष भन्दा माथीका बृद्धलाई निशुल्क उपचारको ब्यवस्था गर्ने मुख्य मन्त्री पोखरेलको भनाई थियो ।
क्यान्सर, मृगौला, मृटु रोगीको जिल्लामै उपचार गर्ने गरी २५ देखी ५० शैयाको अस्प्ताल बताउने तयारी प्रदेश सरकारले गरेको बताउदै मुख्य मन्त्री पोखरेलले स्याङ्जाको भिरकोट अस्पतालाई ट्रमा सेन्टर बनाउन बजेट बिनियोजन गरेको बताउनुभयो ।
रोग सबैको साझा सत्रु भएको बताउदै मुख्य मन्त्री पोखरेलले सबै एक भएर सामाना गर्नेु पर्नेमा जोड दिनुभयो । बिगतको सरकारले हिजो बिकास लगायतका राम्रा समेत काम गरेको बताउदै मुख्य मन्त्री पोखरेलले पुरानो सरकारका राम्रा कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । खानेपानी, बिजुली बत्ति, सडक, पुललाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै मुख्य मन्त्री पोखरेलले एक बर्ष भित्रै बर्तमान सरकारको अनुभुति गर्ने बताउनुभयो ।सरकारको ७ करोड ६१ लखको लगानीमा निर्माण हुन लागेको अस्पताल १५ शैयाको हुने गार्डेनका संस्थापक अध्यक्ष जयराम पौडेलले बताउनुभयो । ११ रोपनीमा निर्माण हुने असप्ताल दुई बर्षमा सक्ने गरी बाबु रत्न आवाले जेभी ललितपुरले दुई बर्षमा सक्ने गरी गत फेब्रुअरी २३ मा सम्झौता गरेको पौडेलले बताउनुभयो । अस्पताल निर्माण सगै आधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका ४, फेदिखोला गाउँपालिका र पर्वतको आधीखोलासगँ सिमा जोडिएका नागरिकले प्रत्यक्ष सेवा पाउने छन् ।
कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका संरक्षक जयराम पौडेलले स्थानीय चन्दादाता र महायज्ञवाट संकलित रकमबाट अस्पताल निर्माण गरेर माथिल्ला भेगका नागरिकलाई सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नविन ढकालले गर्नुभएको थियो ।
Wednesday, February 5
Trending
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन
- फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
- नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना
- सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता