Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ८० प्रतिशत खेतमा धान रोपार्इं सकियो
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा ८० प्रतिशत खेतमा धान रोपार्इं सकियो

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2022Updated:July 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २ साउन । असारको अन्तिमदिनसम्म स्याङजामा ८० प्रतिशत खेतमा रोपाईं सकिएको छ। रोपाईं हुने कुल क्षेत्रफलमध्ये अब २० प्रतिशत भूभागमा भने रोपाई हुन बाँकी छ।
    कालीगण्डकी र गल्याङ्मा ६० प्रतिशत रोपाई भएको छ। आँधीखोला, फेदिखोला, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९५ प्रतिशत सकिएका छन्।
    चापाकोट, बिरुवा, हरिनासमा ८० प्रतिशत रोपाई सकिएको छ। जिल्लाको समग्र रोपाईलाई हेर्दा ८० प्रतिशत धान खेत रोपेर सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।
    आँधीखोला, ज्याग्दीखोला, कालीगण्डकी नदिको पानी सिंचित गर्दै धान रोपिन्छ। जिल्लामा १६ हजार हेक्टरमा धानखेती भएको कृषि अधिकृत इश्वरीप्रसाद अर्यालले बताउनुभयो । उहाका अनुसार साबित्री, रामधान, सुनौलो सुन्गन्धा र स्थानीय जातका धानको उत्पादन राम्रा हुन्छन।
    छिटै पर्याप्त बर्षा भएका कारण किसानले समयमै धान रोप्न पाए। साउनको अन्तिमदिन सम्म रोपिने टारी खेत पनि यसपटक रोपिसकिएका छन्। सिचाइं पुगेका खेतमा जेठको तेस्रोसातादेखि रोपाई सुरु गरिन्छन्। तर, असारको तेस्रो सातादेखि भने यहाँ खडेरी परेकोे छ।
    आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान उत्पादनका पकेट क्षेत्र हुन।
    दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार, वालिङ, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङमा पनि धान उत्पादन अत्यन्तै राम्रो हुन्छ।
    यसपटक जिल्लामा रामधान, सावित्री, सुनौलो सुगन्धा, उन्नत जात र हाईव्रीड धान रोपिएका छन्। जिल्लाका ४० प्रतिशतमा फलफूल, २० प्रतिशत पाखो र टारीखेत भएको केन्द्रले जनाएको छ।
    कार्यालयका अनुसार गतबर्ष स्याङ्जामा ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.