स्याङ्जा १० जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा स्याङ्जाका ९७ मध्ये ३ वटा वडामा मात्र महिला अध्ययक्षका उम्मेदवार विजयी हुनुभएको छ । यहाका कालीगण्डकी गाउपालिकाको वडा नं. २ २, बिरुवा गाउँपालिका वडा नं. ३ र चापाकोट नगरपालिकाको वडा नं. ६ का अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको हो । कालीगण्डकी २ मा नेपाली काँग्रेसकी खगीसरा आले विजयी हुनुभएको छ । आलेले कूल १ हजार ३३३ मत पाउनु भएको थियोे भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेले ४३१ मत छ ।
यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी हुनुभएको छ । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गर्नुभयो ।
यसैगरी, चापाकोट नगरपालिका–६ मा काँग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित हुनुभयो । विजयी हुनुभएकी पोखरेलले ४३६ प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत छ । यसअघि २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडाको अध्यक्षमा महिला निर्वाचित हुनुभएको थियो ।
Sunday, November 2
Trending
- कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
- शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
- हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान
- रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
- स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
- स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
- डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
- काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
