स्याङ्जा २६ फागुन । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शुक्रवार आयोजित तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता अन्र्तगत २० र १० किलोमीटर दौड सम्पन्न भएका छन ्।
प्रतियोगिता अन्र्तगत २० किमीमा पर्वत फलेबासका अनिस थापामगर प्रथम हुनु भएको छ । पहिलो भएसंगै उपाधी जित्न सफल रहनुभयो ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चद्धारा आयोजित प्रतियोगितामा विजेता थापाले निर्धारित दूरी १ घण्टा ४ दशमलब ३६ मिनेटमा पार गर्दै उपाधि जित्नुभयो । उपाधिसँगै उहाले ३५ हजार रुपैया, पदक र प्रमाणपत्र पाउनुभयो ।
नेपाल आर्मीका खेमराज बस्नेतले सोही दूरी १ घण्टा ६ दशमलब ५६ मिनेटमा पार गर्दै द्धितिय हुनुभयो । उहाले २५ हजार नगद सहित अन्य पुरस्कार पाउनुभयो ।
एक घण्टा ८ दशमलब १३ मिनेटमा दूरी पार गर्दै आर्मीकै सुवास कार्की तेस्रो हुनुभयो । उहाले १५ हजार नगद सहित अन्य पुरस्कार पाउनुभयो ।
यसैगरी, २१ वर्षमुनिको १० किलोमिटर पुरुष दौडमा गोरखा सिरानचोकका सन्दीप ढकाल प्रथम हुनुभयो ।
उहाले निर्धारित दूरी ४३ दशमलब ३० मिनेटमा पार गर्देे १५ हजार रुपैंया पुरस्कार पाउनुभयो । गोर्खाकै दिनेश बोगटीले ४४ दशमलब २० मिनेटमा पार गर्दै दोस्रो भई उहाले १० हजार नगद पाउनुभयो ।
रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगर तेस्रो हुदै नगद ७ हजार पाउन सफल हुनुभयो । उहाले निर्धारित दूरी ४६ दशमलब ५ मिनेटमा पार गर्नुभएको थियो ।
दुबैतर्फका विजेतालाई पुतलीबजार नगरपालिकाका उपप्रमुख र अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।
स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका सहित सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चले आज तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको आयोजना गरेको महासचिव मन थापाले जानकारी दिनुभयो ।
प््रातियोगितामा २० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिताहरुका लागि कोल्मा देखि राङभाङ हुँदैं काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, कोल्मा सम्मको लागि २ रुट तय गरिएको थिए ।
२०७५ बाट सुरु गरिएको प्रतियोगिता २०७७ र २०७८ मा भने कोरोनाका कारण रोकिएको थियो।