Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा विपद् सहायता कक्ष स्थापना
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा विपद् सहायता कक्ष स्थापना

    मनसुन आउनु पुर्व स्याङ्जाले विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ । मनसुन आउनु पुर्व स्याङ्जाले विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय स्याङजाले मनसुनजन्य विपद् प्रभावितहरुको खोज उद्धार तथा राहत सम्वन्धी छलफलबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो ।

    गृह मन्त्रालयले जिल्लामा विपद् सहायता कक्ष स्थापना गर्नु भन्ने निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा उक्त कक्षको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

    जिल्लाका ११ ओटै स्थानीयतह, सुरक्षा समिति, जिल्ला स्थित उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ र नागरिक समाज लगायतको सहभागितामा बसेको छलफलले जिल्ला विपद् व्यवस्थापन कक्ष सगै सबै पालिकामा पनि विपद् कक्षहरु संचालन गर्ने निर्णय भएको प्रजिअ नेपालले बताउनुभयो ।

    छलफलका क्रममा अहिले सम्म विपद् व्यवस्थापनमा पालिकाले गरेका गतिविधि र आगामी दिनमा गर्न सकिने कामका बारेमा प्रगति विवरण पेश गरेका थिए । गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडी तयारी अवस्थामा रहन र जनधनको क्षतीको संरक्षण गर्न अपनाउनुपर्ने विधिका बिषयमा सर्तक रहन अनुरोध गरेको थियो ।

    सोही बमोजिम जिल्ला विपद् सहायता कक्षका लागि सहायक प्रजिअको संयोजनमा र स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा समिति गठन गर्ने निर्णय भएको छ । जिल्ला व्यवस्थापन सहायता कक्ष संचालन समितिको सदस्यहरुमा जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि, नागरिक समाजको प्रतिनिधि रहने र जिल्ला आपतकालिन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहने छन् ।

    मनसुन शुरु हुन लागेकोले यसबाट हुनसक्ने प्रकोपबाट बच्न र बचाउन सबै एकसाथ लाग्नुपर्ने प्रजिअ नेपालको अनुरोेध छ । प्राकृति होस वा जुनसुकै विपद् सूचना दिएर आउदैन छलफलमा निर्देशन दिदै प्रजिअ नेपालले भनिन्,‘जस्तोसुकै विपद्को सामना र प्रतिकार्यको तयारीमा रहिरहनु होला ।’ विपद्का बेला आलटाल, चासो र संवेदनशिल नबनेको देखिएमा कारवाही समेत हुने चेतावनी प्रजिअ नेपालले दिनुभयो ।

    विपद्का बेला सबैसगँ समन्वय गर्दै हरेक पालिकामा रहेका उद्धारका सामाग्रीहरु तमतयार अवस्थामा राख्न समेत प्रजिअले सहभागीहरुलाई सुझाब दिनुभयो ।सहभागीहरुले संयुक्त प्रयासले मात्रै विपद्को सामना गर्न सकिने बताएका थिए । मनसुनजन्य प्रकोपबाट जोगाउन र जोगिन जिल्लाका सबै नागरिक सचेत रहन समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।

    बाढी पहिरो लगायतका विपद्जन्य अवस्था आएमा नजिकको प्रहरी चौकी वा स्थानीय तहका सहायता कक्षमा खबर गर्न सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् सहायता कक्षका संयोजक दीपक पौडेलले आग्रह गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.