Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा लागु औषध दुब्र्यसन तथा ओसारपसार बिरुद्धको साताब्यापी कार्यक्रम सुरु
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा लागु औषध दुब्र्यसन तथा ओसारपसार बिरुद्धको साताब्यापी कार्यक्रम सुरु

    स्याङ्जामा लागु औषध दुब्र्यसन तथा ओसारपसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको सप्ताहब्यापी कार्यक्रम बिहीवारदेखि सुरु भएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 21, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ असार । स्याङ्जामा लागु औषध दुब्र्यसन तथा ओसारपसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको सप्ताहब्यापी कार्यक्रम बिहीवारदेखि सुरु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजित कार्यक्रमको समुदघाटन गर्दे संघिय सांसद थापाले दुब्र्यसनीका पहिलो सुधार केन्द्र आफनै मन भएको बताउदै मनलाई बाँधेर बलियो बनाउदै लागुऔषध दुब्र्यसनमा नफस्न आग्रह गर्नुभयो ।

    प्रतिनिधिसभा सदस्य थापाले दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको लागुऔषध दुब्र्यसनले आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा नकरात्मक असर पारिरहेको जनाउदै यसका नियन्त्रण तथा नियमनका लागि प्रत्येक घर घरदेखि सुरुवात गर्नुपर्ने उहाको भनाई छ ।
    ‘सबैभन्दा पहिला त संस्कार सहितको उचित रेखदेख सबै अभिभावकले घर घरदेखि सुरु गर्नुपर्छ, त्यसपछिको दायित्व राज्यको हो।’ उहाले भन्नुभयो, ‘अव कोही पनि दुब्र्यसनमा नलागुन भन्नका लागि जिल्लाका ११ वटै पालिकाले जनचेतनामूलक कार्यक्रमलाई नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राख्नुपर्छ।’

    बलियो ऐन कानून हुदैमा दुब्र्यसन नियन्त्रण पूर्ण हुदैन। यसका लागि कानूनी उपचारसंगसंगै सहजीकरण, प्रशिक्षण, सल्लाह सुझाव सहित स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । आउँदा दिनमा लागु औषध तथा अन्य कुनै प्रकारका दुब्र्यसनमा हाम्रा युवा फस्न नदिन सबैले सहयोग गर्न समेत उहाले सुझाव दिनुभयो ।

    उहाले भन्नुभयोे, ‘ऐन कानूनमा कुनै कुरा थपघट गर्नु पर्ने भएमा सुझाव पाउँ, ऐन नियम बनाउने ठाउँमा पठाउनु भएको छ । मेरा सुझाव त्यहाँ राख्नेछु । ’

    नेपालमा प्रत्येक वर्ष ५ प्रतिशत भन्दा बढी दरले लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको र १५ देखि २४ वर्ष उमेरका लागूऔषध प्रयोगकर्तामध्ये झन्डै ७५ प्रतिशत रहेको जनाउदै केही गरौं भन्ने युवाशक्ति कुलतमा रहनु दुखद पक्ष रहेको बताउनुभयो । बेरोजगार रहनु पनि दुब्र्यसनी बन्नु एक कारण रहेको जनाउनुभयो ।

    उहाका अनुसार, ‘गृह मन्त्रालयको प्रतिवेदन अनुसार ४ हजार मुद्धा लागु औषध दुब्र्यसनका छन्। २०७६ अनुसार देशभर १ लाख ३० हजार लागूऔषध प्रयोगकर्ता थिए। कुल लागूऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको छन ।’

    सोही कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले आ आफना जिम्मेवारी र दायित्व वहन गर्दै उचित शिक्षा, संस्कार र रेखदेख गरेमा दुब्र्यसनको कुलतमा लाग्न बाट जोगाउन सकिनेमा जोड दिनुभयो ।

    यसैगरी, आजदेखि सुरु भएको अभियान साताभरी संचालन गरिने स्याङ्जाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शालिकराम शर्माको भनाई छ । लागु औषध रहित समाजको परिकल्पना सहित साताब्यापी कार्यक्रमलाई भोलीदेखि नै एकसातासम्म बिद्यालय — बिद्यालयमा, समुदायमा, लागु औषध प्रभावित क्षेत्रमा, कारागारमा गएर चेतनामूलक कार्यक्रम गरिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

    औपचारिक कार्यक्रम सुरुहुनु पूर्व जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट पंचेबाजा सहितको रयाली शहिदचोक हुदै हुलाकमार्ग, बीपी चोक, ट्राफिक चोक, लोकतान्त्रिक चोक, अभियानपथ, ठाडो लाईन, बालमन्दिर चोक, बैंक रोड हुँदै सभागृह÷सिटीहलमा पुगेर कार्यक्रममा परिणत गरिएको थियो ।

    प्रहरी उपरिक्षक शालिकराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.