Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मानवअधिकार तथा शान्ति समाजको केन्दिय बैठक सहित अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा मानवअधिकार तथा शान्ति समाजको केन्दिय बैठक सहित अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshFebruary 25, 2023Updated:February 25, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ फागुन । मानवअधिकार तथा शान्ति समाज नेपालको केन्द्रिय वैठक सहित बिबिध २ दिने कार्यक्रम शुक्रवारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ ।


    मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आयोजनामा हुन लागेको बैठक र बिबिध कार्यक्रम गरिने भएको हो ।
    पहिलो दिन मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आयोजनामा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार विषयक अन्र्तक्रिया गरिएको छ ।

    पुतलीबजार नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले मौलिक हकका रुपमा रहेको स्वास्थ्य शिक्षा र बैज्ञानिक शिक्षा सबैको अधिकारको उपयोग सबैले समानरुपमा उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले मानवअधिकारका आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।


    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज नारायणप्रसाद लम्साल, भूमि आयोगका सदस्य एवं प्राध्यापक सोमनाथ लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी, समाजका केन्द्रिय पूर्व सभापति उत्तम पुडासैनी, निवर्तमान सभापति गोविन्द खनाल, वरिष्ट उपसभापति कृष्णबहादुर रावल, महिला उद्यमी विकास समितिका संयोजक इन्द्रेणी अधिकारी लगायतले समाजसेवामा शान्ति समाजको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।


    कार्यक्रममा समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल, केन्द्रिय सचिव द्धय लक्ष्मीनारायण मिश्र र सन्तोष अधिकारीले राष्ट्रिय परिषद बैठकले पारित गरेका शिक्षा स्वास्थ्य, युद्ध निषेध र मेरो फोहोर मेरो जिम्मेवारी बिषयक अवधारणा वाचन गरेको सुनाउनुभएको थियो ।


    कार्यक्रममा स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष राम शर्मा पोखरेलले र पुण्यशिला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले धारणा सहित सुझाव दिनुभएको थियो । उदघाटनसंगै पाणिनी आधुनिक गुरुकुल आश्रममा अध्ययनरत बटुकहरुले स्वस्तीवाचन गर्नुभएको थियो ।

    समाजका जिल्ला सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसभापति प्रकाश डोटेलले स्वागत उपसभापति भवानी अधिकारीले संचालन एवं सचिव गंगादेवी पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


    यसैगरी, साँझ प्रगतीनगरदेखि सहिदचोकसम्म युद्ध निषेधको आब्हान गर्दे शान्ति रयाली र दिप प्रज्वलन गरिएको छ । रुस र युक्रेनको युद्ध तत्काल रोकियोस भन्दै समाजले शान्ति रयाली सहित दिप प्रज्वल गरियो । युक्रेन र रुस युद्ध भएको आज ठिक बर्ष दिन पुगेको छ ।


    यस्तै, साझ शान्ति काब्य प्रवाहको आयोजना गरिएको छ । काब्य वाचनमा बाल साहित्यप्रेमी किरण कडेल, आयुष काफले, सन्देश काफलेले र समाजका केन्द्रिय सचिव लक्ष्मीनारायण मिश्र र केन्द्रीय सदस्य जानुका अधिकारीले आ आफना कविता वाचन गर्नु भएको थियो । शान्ति काब्य वाचनको सहजीकरण समाजका सदस्य रविन केसीले गर्नुभएको थियो ।


    यसैगरी, शुक्रवार साझ बसेको १ सय ५४ औं केन्द्रिय समितिको बैठकले झण्डै दुई दर्जन निर्णय सहित बिभिन्न कार्ययोजना प्रस्ताव पारित गरेको केन्द्रिय सभापति रामकृष्ण बरालले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.