स्याङ्जा ३१ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिबिध कार्यक्रमगरी ६७ औं प्रहरी दिवस मनाएको छ। ‘समाज हाम्रो पुण्य भूमि सेवा हाम्रो धर्म, राष्ट्रसेवक प्रहरी हौं बुझ्छौं सवको मर्म भन्ने मूल नाराका साथ खेलकूद सहित बिबिध कार्यक्रमगरी मनाएको हो।
दिवसको उदघाटन गर्दे प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले अप्ठ्यारो र असहज अवस्थामा प्रहरीको साथको आवश्यकता बढी देखिएको बताउनुभयो। बिगतमा प्रहरीलाई टाढा राख्ने गरिएता पनि अहिले आफनो नजिकै प्रहरी राख्न चाहना राख्नु भनेको प्रहरी प्रतिको विश्वसनियता बढेको बताउनुभयो। आसन्न निर्वाचन नजिकिदै गर्दा प्रहरी तथा सुरक्षाकर्मीको परिक्षाको घडी सुरुवात भएको बताउनुभयो ।
प्रहरी सहित सुरक्षाकर्मीलाई निर्देशन दिदै उहाले निर्वाचनलाई शान्त र भयरहित वातावरणमा मतदान गर्नै वातावरण बनाउन सुरक्षाकर्मीको मुख्य दायित्व हो। यस कार्यमा तपाईंहरु आजैदेखि जुट्नुहोस्।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले प्रहरी र बिना बर्दिका नागरिकबीच सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले स्वागत एवं प्रहरी निरीक्षक अर्जुन विकले संचालन गर्नुभएको थियो ।
यसैगरी, ब्याडमिन्टन, टेवलटेनिस, बुद्धिचाल लगायतका खेलहरुमा प्रथम, दिद्धिय, तृतीय, सान्तवना हुनेका साथै समाजमा शान्ति सुरक्षा कायम राख्न सहयोग पुरयाउने बिभिन्न समाजसेवी, सहिद परिवार र पूर्व प्रहरीलाई सम्मान गरिएको थियो।