स्याङ्जा २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति स्याङ्जाले आज राष्ट्रिय एकता दिवस तथा बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती मनाएको छ ।
दिवसमा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले पृथ्वीनारायण शाहा राजा मात्र नभई एक दुरदर्शी र सिंगो नेपाल निर्माणकर्ता भएको बताउनुभयो ।
उहाँका त्यतीवेलाका दिब्यउपदेश आजसम्म पनि उत्तीकै महत्वपूर्ण रहेको जनाउदै पृथ्वीनारायण शाहको योगदानको उहाँले चर्चा गर्नुभयो । राजपरिवारको सुखसयल भन्दा माथि उठेर मुलुकको स्वधानिता र एकता राख्न सफल भएको उहाका भनाई छन् ।
अरुलाई गाली र दोष दिएर आफु उम्कने प्रवृत्तीको अन्त्य गर्दै विदेशी हस्तक्षेप बन्द गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । पृथ्वीनारायण शाहले मुलुकलाई उपनिवेश हुनबाट जोगाएको बताउदै बुद्ध, सीता, पशुपतिनाथ, पृथ्वीनारायण शाह हामी सबैका साझा भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य लोकनाथ तिवारी र देबकुमारी पराजुली, पुतलीबजारका पूर्व नगरप्रमुख जयनारायण श्रेष्ठ, राप्रपाका पूर्व अध्यक्ष मदन कार्की, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, नेपाली कांग्रेसका नगरसभापति सुरजकुमार अधिकारी लगायतले पृथ्वीनारायण शाहका योदानका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका जिल्ला अध्यक्ष शोभा गैह्रेले स्वागत एवं उपाध्यक्ष धनप्रसाद गुरुङ्ले धन्यवाद र अर्का उपाध्यक्ष पदमप्रसाद श्रेष्ठले संचालन गर्नुभएको थियो । राप्रपाको पार्टी कार्यालय प्रगतीनगरबाट निस्केको पञ्चे बाजागाजा सहितको रयालीले नगर परिक्रमा गरेर बालमन्दिरमा पुगेर कार्यक्रम भएको थियो । राप्रपाले दिवसको अवसर पारेर चियापान समेत गरेको थियो ।