स्याङ्जा ४ भदौ । स्याङ्जाका नेवार समुदायले बाघ जात्रा देखाएका छन्। जनैपूर्णिमाको अघिल्लो दिनदेखि मनाउदै आएका बिभिन्न जात्रा मध्ये अन्तिम दिनमा देखाईने बाघ जात्रा हो। यो प्रायजसो ः कृष्णाजन्माष्टमीका दिन देखाउने गरिन्छ।
लाखे नाँचबाट सुरु भएको गाईजात्रा, पुतली, रोपाई हुदै बाघ जात्रा पछि यसपटकका जात्रा सम्पन्न भएका छन्। तर, कृष्ण जात्रा भने आज देखाईदैछ।
बस्तीमा बाघको आक्रमण बढेपछि राजाले वाघ मार्नका लागि आदेश जारी गर्छन। शहरमा पसेको बाघले मान्छेलाई समेत मार्न थालेपछि राजाको आज्ञा अनुरुप शिकारी छाडिएको हुन्छ।
केही साना शिकारी र ठूलो एउटा शिकारीले बाघको खोजी गर्दै हिड्छन्। राजाले शहरमा बाघको आक्रमण बढेर जनतालाई दुख दिन थालेकोले बाघ मार्ने तयारी भएको भनेर सूचना जारी गरिन्छ।
बाघ जात्राको दिउसो सूचना सुनाउदै केही युवाहरुले आफना किल्ला बाध्दै हिड्छन। जनतालाई बाघ शहरमा पसेकाले सर्तकता अपनाउन सूचित गराईन्छ।
रातको समयमा बाघ मार्ने काम हुन्छ। यसरी शिकारीले बाघ मारेर राजा रानीको हातमा सुम्पन्छन। त्यसपछि बाघ जात्रा सकिन्छ। बाघ जात्रा अन्तिम दिन देखाइने जात्रा हो।
तत्कालिन मल्ल राजाहरुले सुरुवात गरेको गाइजात्रा पर्व स्याङ्जामा पनि बिगत २०÷२२ बर्षदेखि कोरोना संक्रमणका बेला बाहेक नियमित देखाउदै आएको छ।
पुतलीबजार नगरपालिकासंगै रहेको स्याङ्जा सदरमुकाममा झिंगु प्रगती नेवा छें र नेवा देय दवुले बिगत एक सातादेखि बिभिन्न नेवारी सांस्कृतिक पर्वहरु प्रर्दशन गर्दे आएका छन्।
tiger Jatra