स्याङ्जा १४ कात्तिक । पुतलीबजार नगरपालिकामा पालिएका केही बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर देखिएको छ। यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो।
फिभरका कारण पुतलीबजारका झण्डैं ३ सय वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले जनाएको छ।
कार्यालयमा ३ सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएको कार्यालय प्रमुख डा. इन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाका अनुसार, ‘ल्याब परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको छ।’
एक महिनादेखि सो रोगको संक्रमण देखिन थालेको प्राबिधिक प्रमुख गोपाल गिरी भन्न्नुहुन्छ । बंगुर झोक्राउने, खान खान रुची नदेखाउने, ज्वरो आउने, शरिरमा ढब्बा तथा निलो दागहरु देखिने, नाक र मुखबाट रगत÷पानी÷रयाल बग्ने लगायतका लक्ष्यण देखिएमा फिभरको संक्रमण भएको भन्न सकिने उहाले बताउनुभयो ।
सरुवा रोग भएकाले संक्रमित बंगुरलाई छुट्टै राख्ने, होटल तथा बाहिरबाट ल्याएका खानेकुरा राम्ररी पकाएर खान दिने र बंगुरको स्याहार सुसार र दानापानी गर्ने ब्यक्ति समेत सुरक्षित रहनुपर्ने उहाको भनाई छ। मरेको बंगुरलाई समेत राम्ररी गाड्नु पर्ने हुन्छ।
भाडामा जग्गा लिएर बंगुर पाल्दै आएका पदम गन्धर्वले आफुले पालेका ४९ वटा बंगुर मरेको जानकारी दिनुभयो । माउ र पाठापाठी सहित धमाधम बंगुर मर्न थालेपछि उनलाई हजारौं रुपैंया बराबरको क्षति पुगेको छ।
बिगत ८÷१० बर्षदेखि बंगुर पालन गर्दे आएका गन्धर्व परिवारको अहिले जम्मा ३ वटा जिवित बंगुर मात्र रहेको जनाए। ऋण धन गरेर पालेको बंगुर एक्कासी मर्न थालेपछि गन्र्धव परिवार चिन्तामा परेको छ।
पछिल्लो समय ब्यावसायिकरुपमा बंगुर, सुंगर पालक किसानको संख्या ह्वात्तै बढेको छ। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने बंगुर पालन ब्यवसायलाई फिभर रोगका कारण धेरै नै असर पार्ने देखिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले भने बंगुरको मर्नुका कारण अफ्रिकन स्वाईन फिभर भएको भन्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमा “ब्यवसाय पुनस्र्थापना” अन्र्तगत क्षतिपूर्तिका लागि पहल भैरहेको जनाएको छ।
घरपालुवा सँगुर, बंगुर, बँदेल प्रजातिमा देखिने अफ्रिकन स्वाइन फिभर उच्च मृत्युदर र सरूवा रोग हो। यो रोग पशुबाट मानिसमा सर्दैन तर, उच्च सर्तकता भने अपनाउन जरुरी हुन्छ।