Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा केही खुकुलो पार्दै एक हप्ता थपियो निशेधाज्ञा
    समाचार

    स्याङ्जामा केही खुकुलो पार्दै एक हप्ता थपियो निशेधाज्ञा

    Syangja SandeshBy Syangja SandeshJune 20, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ६ असार । स्याङ्जामा आउँदो असार १५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार ७ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार १५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । जारी निशेधाज्ञा भने केही सहज र खुकुलो बनेको छ । रातो नम्वरका गाडीहरुमा जोर बिजोर प्रणाली शुरु भएको छ भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न सकिने भएको छ । औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको भएको भन्दै प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत आग्रह गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जारी गरेको जारी आदेशमा उल्लेख छ । आदेशमा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घर बाहिर ननिस्कने । सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गर्ने । एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस तथा संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु, पाठ्यपुस्तक बोकेका सवारी साधनहरु बाहेक स्याङ्जा जिल्लाभर यात्रुवाहक सार्वजनिक सवारी साधनहरुको संचालनमा रोक लगाउने उल्लेख गरिएको छ । यसैगरी, जिल्लामा मात्र संचालन गर्न पाइने गरी निजी (रातो नं. प्लेटका) सवारी साधनहरु जोर विजोरको आधारमा (जोर गते जोर नं. र विजोर गते विजोर नं.) संचालन गर्न सकिने छ । सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनहरुबाट यस जिल्ला भित्र यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमन गर्न बाधा नपर्ने भएको छ । सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया पसल, नाँचघर, क्लव, फुटसल, जिमखाना, ब्युटी पार्लर, शैलुन, फुटपाथ पसल लगायतका सेवा एवं स्थलहरु नखोल्ने तथा संचालन नगर्ने भनिएको छ ।
    यसैगरी, विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई (विवाहको हकमा दुवै पक्ष गरी) १५ जना भन्दा बढी सहभागी हुन पाइनेछैन । तर, औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला राख्न पाइनेछे । स्वास्थ्य–सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकलबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसँग सम्बन्धित सबै सेवा सुचारु रहने छन । अन्य सरकारी कार्यालयहरु सिमित सेवाहरु संचालन गर्ने गरी खुला राख्ने र सरकारी कार्यालयहरुबाट प्रदान गर्न सकिने सेवाहरुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुले आवश्यक जानकारी गराउनुपर्ने भएको छ । मठ मन्दिरहरु तथा विभिन्न धार्मिकस्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण सामाजिक, . साँस्कृतिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, बैंक तथा वित्तीय संस्थाका सेवाहरु स्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गरी सञ्चालनमा गर्ने र कामदार तथा सुपरभाइजर यथास्थानमा रही स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र विकास आयोजना सञ्चालन गर्ने पाइने भएको छ । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन भने तीन हजार ३२ जना संक्रमित मध्ये ३९७ सक्रिय संक्रमित रहेका छन् । स्याङजामा गत बैशाख २१ गतदेखिे सुरु निषेधाज्ञा पटक पटक थप गर्दे लम्ब्याइदै गएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.