स्याङ्जा १५ बैशाख । स्थानीय तह निर्वाचनमा स्याङ्जामा पालिकाका आवश्यक संख्या भन्दा तेब्बर बढीले उम्मेद्धवारी मनोनयन दर्ता गरेका छन्।
पाँच नगरपालिका र ६ वटा गाउँपालिकामागरी ५ सय ७ आवश्यक जनप्रतिनिधी रहेकोमा १ हजार ५४७ को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार नगर प्रमुख तथा गाउँ अध्यक्ष पदका लागि ११ जना आवश्यक रहेकोमा ६७ जनाको उम्मेदवारी दर्ता छ। नगर उपप्रमुख तथा गाउँ उपाध्यक्षमा पनि ११ जना आवश्यक रहेकोमा ५० जनाको उम्मेदवारी दर्ता भएको छ।
यसैगरी, ९७ वटा वडामा ३ सय ५१ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सदस्यमा ५ सय ८० जना, महिला सदस्यमा २ सय ६५ जना र दलित महिला सदस्यमा २ सय ३४ जना गरी कूल एक हजार ५४७ को उम्मेदवारी दर्ता भएका छन्।
सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २ सय ६० जनाले र सबैभन्दा कम फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ। पुतलीबजार सदरमुकाम सहितको नगरपालिका हो।
यसैगरी, वालिङमा २ सय ५२ जना, चापाकोटमा १ सय ८७ जना, गल्याङमा १ सय ६८ जना, भीरकोटमा १ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ।
गाउँपालिकातर्फ बिरुवामा १ सय २० जना, आँधीखोलामा ९४ जना, अर्जुनचौपारीमा ८४ जना, हरिनासमा ८३ जना, कालीगण्डकीमा ७८ जनाको उम्मेदवारी छ।
पुतलीबजार र वालिङ्मा १४÷१४ वटा, गल्याङमा ११, चापाकोटमा १०, भीरकोटमा ९ वटा वडा समेटेर नगरपालिका बनाइएका हुन।
यसैगरी बिरुवामा ८, कालीगण्डकीमा ७, हरिनासमा ७, अर्जुनचौपारीमा छ, आँधीखोलामा ६, फेदीखोलामा ५ वटा वडा समेटेर गाउँपालिका बनाइएको छ।
स्याङ्जामा राष्ट्रिय मान्यता प्राप्त दल १९ वटा भएपनि यहाँ नेकपा एमाले, नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनर्मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेसन, मौलिक जरोकिलो लगायतका पार्टी सहित केही स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दर्ता गरेका छन्।
Wednesday, July 30
Trending
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
- दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
- प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
- स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
- अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
- पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
- खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ
- स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट