स्याङजा २७ साउन । नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको आयोजनामा हिजो बार्षिकोत्सव मनाइएको हो ।
बार्षिकोत्सवको उदघाटन गर्दै जिल्ला न्यायधीशा बासुदेव पौडेलले न्याय निरुपणमा बार र बेन्चबीच समन्वय र सहकार्य गर्दै अघि बढेको बताउनुभयो । बार र बेन्चको मर्यादा, आचरण र ब्यवस्थापनतर्फ ध्यान दिदै छिटो छरितो न्याय दिलाउने कार्यमा समन्वय र सहकार्य भएका कारण अदालती प्रक्रियामा सहज बनेको उहाले भन्नुभयो ।
कानुन व्यवसायीहरूको हक हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्नु गराउनु र यसको अनुकरण गर्नु हामी सबैको लक्ष्य रहेको उहाले औल्याउनुभयो ।
कार्यक्रममा अदालतका श्रेस्तेदार एवं उपसचिव भूमिप्रसाद शर्मा, सहायक न्यायधीवक्ता नवराज रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, वार एशोसियनका केन्द्रिय पार्षद टंकप्रसाद न्यौपाने, वारका निवर्तमान अध्यक्ष चन्द्रबहादुर केसी, अधिवक्ता दिवाकर शर्मा लगायतले न्याय क्षेत्रको शुद्धिकरण र ब्यवसायीका हक, हितका पक्षमा काम गर्नेगरी स्थापना भएको परिषदको बार्षिकोत्सवको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । वारका अध्यक्ष तुलसी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संगीता नेपालीले स्वागत एवं सचिव युगनारायण श्रेष्ठले संचालन गर्नुभएको थियो ।
कानून व्यवसायीहरूको हक हितको संरक्षण गरी समाज प्रति जिम्मेवारी पूर्ण सेवा सञ्चालन गर्न उदेश्यले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० मा स्थापना भएको जनाउदै यसका बारेमा भए गरेका ब्यवस्थाका बारेमा जिल्ला बार एशोसियशनका अध्यक्ष तुलसी गिरिले जानकारी गराउनु भएको थियो ।