Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको जिमुवा सहकारीले ३ सय टन बीउ आलु बिक्री गर्दे
    गल्याङ् नगरपालिका

    स्याङ्जाको जिमुवा सहकारीले ३ सय टन बीउ आलु बिक्री गर्दे

    Syangja SandeshBy Syangja SandeshNovember 12, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ कात्तिक । स्याङ्जामा उत्पादित आलुको वीउको माग बढेको छ। गल्याङ् नगरपालिका ११ स्थित जिमुवामा उत्पादित आलुको वीउ स्याङ्जा लगायत छिमेकी जिल्लाबाट माग आएपछि निर्यात गर्ने क्रम जारी छ। अहिलेसम्म यहाँबाट २ सय टन आलु बिक्री भैसकेको र केही जाने क्रमजारी छ। यहाँका किसानले ३ सय टन बीउ आलु भण्डारण गरेका थिए। अहिलेसम्म २ सय टन बिक्री भैसकेको किसान रुमलाल कडेंलले जानकारी दिनुभयो। वीउ आलु प्रतिकिलो ६५ देखि ८५ रुपैंयामा बिक्री भएको छ।


    यहाँ उत्पादित आलुले राम्रो दाम र बजार पाएको छ। छोटो समयमै राम्रो दाम आर्जन गर्न सकिने भएपछि यहाँका किसानले बर्षेनी आलुखेती बिस्तार गरेका छन्। जिमुवामा शीत भण्डारण गृह संचालनमा आएसंगै यहाँका किसानहरु आलु खेतीमा झनै हौसिएका छन्। आलु उत्पादनलाई पनि बर्षेनी दोब्बरका रुपमा बढाउदै लगेका छन्। ब्यक्तिगत, सामुहिक तथा सहकारी मार्फत आलु खेती गर्दे आएका यहाँका किसानले यसबर्ष पनि एक सय हेक्टरमा आलु लगाउने भएका छन्।

    शीत भण्डारमा आफना आलु सुरक्षित र सुनिश्चित भएपछि किसानले आलु खेती बढाएका हुन। यसबर्ष २ सय टन बीउ आलु जिमुवामै भण्डारण गरिएको छ भने १ सय टन भैरहवामा भण्डारण गरिएको हो। शित भण्डारमा अभावमा यहाँका बीउ आलु भैरहवाका शित भण्डारमा पुरयाउनु पर्ने वाध्यता थियो। समयमै बिउ आलु नपाएपछि किसानले अलि अलि मात्र लगाउने गर्थे। तर, आजकल आफनै गाउँमा शीत भण्डार बनेपछि किसानले चाहेजति आलु लगाउन पाएको किसान चन्द्रकान्त डुम्रे भन्नुहुन्छ्।


    स्याङ्जाको दक्षिण भेग जिमुवाबासी किसानले झण्डै १२ बर्षदेखि क्लष्टर प्रणाली, सामुहिक र ब्यक्तिगत रुपमा आलुखेती गर्दे आएका छन्। ब्यावसायिकरुपमा उनीहरुले जनकदवे आलुको बीउ उत्पादन केन्द्र नै बनाइसकेका छन्। जनकदेव, खुमल रातो, खुमल उज्वल, एमएस ४२, लगायत जातका खान र बीउ यहाँ उत्पादन गरिदै आएको आलु उत्पादक किसान रुमलाल कडेलले भन्नुभयो। यहाँका बीउ आलु अर्घाखाँची, गुल्मी, पाल्पा, तनहुँ, पर्वत, स्याङजामा पुगेका छन्।

    आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) र सिंचाई तथा जलस्रोत व्यवस्थापन समितिको साझेदारीमा बीउ आलु भण्डारणका लागि शित भण्डार गृह बनेको हो। गल्याङ् नगरपालिकाले जेनेटर उपलब्ध गराएको छ। तत्कालिन कृषि विकास कार्यालय स्याङ्जाको समन्वय तथा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रको सहयोगमा जिमुवालाई आलु उत्पादन केन्द्र बनाइएको हो। वि.सं. २०६६ सालमा जिमुवालाई एकिकृत वाली अन्र्तगत आलु उत्पादन पकेट क्षेत्र छनौट गरिएको हो।


    जिमुवामै साढे दुई रोपनी क्षेत्रफलमा २ तले सुबिधासम्पन्न शित भण्डार गृह बनेको छ। १ करोड १७ लाखको ४३ हजारको लागतमा एक सय ५० मेट्रिक टन क्षमताको भण्डार गृह बनाइएको शित भण्डार सहकारी संस्थाका अध्यक्ष एवं किसान रुमलाल कडेलले जानकारी दिनुभयो।
    आलु भण्डारणमा किसानले प्रतिकिलो ७ रुपैंया सहकारीलाइृ बुझाए पुग्छ। बिजुली वापत सहकारीले सो शुल्क लिने गरेको हो। एक पटक सो शुल्क बुझाएपछि चैतदेखि कात्तिकसम्मका लागि अन्य शुल्क बुझाउनु पर्नैछैंन।


    पहिलो बर्ष २०६६ सालमा १४ हेक्टरबाट सुरु भएको बीउ आलु खेती अव एक सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाउने तयारी भएको किसानहरु भन्छन्।भौगोलिक वातावरण मिलेका कारण यहाँ आलुको उत्पादन निकै राम्रो हुन्छ। े आलुबाट यहाँका किसानले बर्षेनी लाखौ रुपैया आम्दानी गर्छन्। गतबर्र्ष आलु बिक्रीबाट रुमलाल कडेलले १५ लाख रुपैंया आम्दानी गरेको बताए। उहाले भन्नुभयो, ‘यसबर्ष ब्यक्तिगतरुपमा ६५ रोपनीमा २० टन आलु लगाउने तयारीमा छु।’

    कडेंल जस्तै होमकान्त डुम्रे, चन्द्रकान्त डुम्रे, बिष्णुप्रसाद गैरे, लगायत दर्जनौं किसानले आलुबाट बर्षेनी ५ देखि १५ लाखसम्म रुपैंया आम्दानी गर्छन। यहाँ जिमुवा कृषि उपज कृषक सहकारी संस्था र कृषि सहकारी संस्था, शित भण्डार सहकारी संस्था र ब्यक्तिगतगरी ६ सय जना आलु किसान छन्। गतबर्ष ५ सय टन खानका लागि र ३ सय टन वीउ आलु उत्पादन भएको थियो।


    बर्षेधान काटेपछि यहाँ (कात्तिक अन्तिम तथा मंसिर पहिलो हप्ता) आलु रोप्नका लागि उपयुक्त मौसम हो भने फागुन महिना आलु खन्ने समय हो। आलु वीउको गुणस्तर अनुसार एक किलो आलु रोप्दा १०÷१२ किलोसम्म फल्ने गरेको आलु किसानहरुको भनाई छ।
    अहिले जिमुवा फाँटमा सामुहिक तथा ब्यक्तिगत रुपमा आलु लगाउनेको माचो छ। किसानले एक हेक्टरमा २० क्वीन्टल आलु लगाउने गरेको बताउनुभयो।
    कात्तिकको महिना धान थन्क्याउने, खेत जोताउने र आलु लगाउने तयारी सुरु भएको छ। जोताइएका खेतमा कोही मल बोक्दैछन् त कोही खेतका डल्ला फुटाउदै। आलु बिनाको तरकारीको कल्पना नै हुदैंन। तसर्थ, जो कोहीले पनि आलु लगाउने चाहना राख्छन्। यतिवेला खेतमा आलु लगाउनेको लर्को छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.