Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ६ गाउँपालिका अध्यक्षका मुख्य प्रतिस्पर्धीहरु
    गाउँपालिका

    स्याङ्जाका ६ गाउँपालिका अध्यक्षका मुख्य प्रतिस्पर्धीहरु

    Syangja SandeshBy Syangja SandeshApril 27, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ बैशाख । स्थानीय निर्वाचनका लागि स्याङ्जाका ११ पालिका मध्ये ६ गाउँपालिकामा २ जना महिला सहित २९ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। ती मध्ये यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
    कांग्रेसले अर्जुनचौपारी बाहेक अन्य ५ वटा पालिकामा उपाध्यक्ष दिनेगरी गठबन्धन गरेको छ। फेदिखोला, आँधीखोला, कालीगण्डकी, हरिनास र विरुवामा गठबन्धन भै उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा नेकपा एकिकृत समाजवादी, माओवादी, जनमुक्तिबीच स्थानीय आवश्यकता अनुरुप गठबन्धन भएको हो।
    नेपाली कांग्रेसका तर्फवाट कालीगण्डकी गाउँपालिकामा माया राना र नेकपा एमालेका खिम थापा चुनावी प्रतिस्पर्धामा छन्। बिद्यार्थीकालदेखि राजनीतिमा सक्रिया राना महाधिवेशन प्रतिनिधी हुनुहुन्छ भने थापा यसअघि पनि पालिकाका अध्यक्ष हो ।
    अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश तिवारी र नेकपा एमालेका चिनुमाया गुरुङ्ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। तिवारी नेपाली कांग्रेस प्रदेश (क) का सभापति हुनुहुन्छ भने गुरुङ् यसअघि पालिका उपाध्यक्ष हो ।
    आँधीखोला गाउँपालिकामा नेपाली कांग्रेसमा प्रेमराज पौडेल र नेकपा एमालेका विश्व पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस महाधिवेशन प्रतिनिधी एवं नेपाल बिद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष र विश्व एमाले जिल्ला सहसचिव हुनुहुन्छ ।
    फेदिखोला गाउँपालिकामा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराल र नेकपा एमालेका घनश्याम सुवेदीबीच प्रतिस्पर्धा हो। बराल एक महिनाअघि एमाले परित्याग गरी कांग्रेसको सदस्यता लिएका थिए। एमाले बसेर ३ दशकभन्दा बढी क्रियाशिल थिए। उहा कांग्रेसको जिल्ला सदस्य हुन भने सुवेदी यसअघि पनि सोही पालिका अध्यक्ष हुनुहुन्थ्यो ।
    हरिनास गाउँपालिकामा नेपाली कांग्रेसका टोपबहादुर भुजेल र नेकपा एमालेका खिमनारायण मानन्धर चुनावी प्रतिस्पर्धामा छन्। भुजेल क्षेत्रीय प्रतिनिधी हुनुहुन्छ भने मानन्धर यसअघि पनि सोही पालिका अध्यक्ष हुनुहुन्थ्यो ।
    नेपाली कांग्रेसका डोलराज पोख्रेल र नेकपा एमालेका सूर्य कुँवरबीच बिरुवा गाउँपालिकामा मुख्य प्रतिस्पर्धा हुने भएको छ। पोख्रेल विरुवा गाउँपालिका कांग्रेस सभापति हुन भने कुँवर शिक्षण पेशाबाट निबृत्त हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम

    November 29, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.