स्याङ्जा २७ मंसिर । दुध उत्पादनलाई ब्यवसायमा जोड्ने उदेश्यले स्याङ्जाका तीन नगरपालिकामा भैँसी जोन विकास कार्यक्रम संञ्चालन भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याङ्जा अन्तर्गत यहाँका वालिङ, गल्याङ र भीरकोट नगरपालिकामा भैँसी जोन (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) विकास कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालन भएको हो।
तीन पालिकाका २६ वटा वडामा जोन कार्यक्रम संचालन गरिएको कार्यालय प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाका अनुसार, ‘वालिङ्का १४, गल्याङ् र र भीरकोटका ६÷६ वडामा भैंसी पालनलाई प्रोत्साहन दिई दुध उत्पादनमा ब्यावसायिकरण गरिनेछ।’
वालिङ नगरपालिकाका १ देखि १४ वटा बडामा, गल्याङ्का १, २, ८, ९, १०, ११ र भीरकोटका १, २, ४, ५, ६, ७ वडामा परियोजना सञ्चालन गरिएका हुन। खाद्य उत्पादनमा जोड दिदै कृषि औद्योगिकरण उन्मुख आर्थिक अवसर जुटाउने परियोजनाको लक्ष्य रहेको छ।
जोन क्षेत्र अन्र्तगत १ हजार वटा दुहुना भैंसी र दिनहुँ ५ हजार लीटर दुध उत्पादन गर्नुपर्नेछ। एउटा किसान परिवारले ब्यवासायिकरुपमा कम्तिमा २ वटा दुहुना भैंसी पालेको हुनुपर्ने प्रावधान छ।
जोन परियोजनाले चिलिङ् भ्याट सहितको संकलन केन्द्र, गोठ÷भकारो सुधार, घाँस उत्पादन, तालिम, उपचार, कृत्रिम गर्भाधान, उन्नत भैंसी खरिद र दुध संकलन ढुवानी सवारी साधन खरिदमा सहयोग हुने प्रमुख लम्सालले जनाउनुभयो ।
पशुपालनसंगै कृषिलाई ब्यावसायिकतामा जोड्न सके मात्र सफलता पाईने बताउदै भैंसी जोन कार्यक्रम फलदायी हुने बताउदै नगरपालिकाले सहकार्य गर्नेमा एकमत देखिन्छन ३ वटै नगरप्रमुख पनि।
वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, भीरकोट नगरप्रमुख छायाराम खनाल, गल्याङ नगरप्रमुख भूपराज अधिकारीले यस्ता कार्यक्रमले बास्तविक किसानलाई थप प्रोत्साहित गर्ने बताउनुभयो ।
किसानका माग र बस्तुस्थितीका बारेमा बृहत अध्ययन अवलोकनका आधारमा परियोजना संचालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याङ्जाले जनाएको छ।
यसैबीच, परियोजनालाई प्रभावकारीरुपमा संचालन गर्नका लागि पुण्यप्रसाद अर्यालको संयोजकत्वमा ९ सदस्यीय भैँसी जोन सञ्चालन समन्वय समिति गठन भएको छ।
समितिको उपसंयोजकमा सीतादेवी मरासिनी, सचिवमा रुमलाल कंडेल, सहसचिवमा भीमप्रसाद भण्डारी, कोषाध्यक्षमा अशोक तिवारी र सदस्यमा भीमलाल अर्याल, विष्णु खनाल, टिकाराम रेग्मी र कमला पंगेनी चयन हुनु भएको छ ।
Friday, September 19
Trending
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा