स्याङ्जा २२ भदौ । उद्योग वाणिज्य संघ स्याङ्जा अन्र्तगतको महिला विकास उद्यमी समितिले तीजको अवसर पारेर सामुहिक दर खाने कार्यक्रम सहित महिला उद्यम सम्बन्धी अन्र्तक्रिया गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरपालिकका उपप्रमुख देवी अर्यालले सबै महिला दिदीवहीनीहरु आय आर्जनमा जोडिई आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । महिला पुरुष दुबैलाई समान शिक्षा र अवसरको खाचो रहेको बताउदै महिला उद्यमीलाई आवश्यकता अनुरुपका सीप र तालिम उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । जुन परिवारमा महिला शिक्षित र सीपयुक्त हुन्छन ती परिवारमा कहिल्यै आर्थिक अभाव नहुने उहाको भनाई छ । तीजको मौलिक संस्कृतिको जगेर्ना र सम्वद्र्धन गर्दै आफना क्षमता अनुरुप मनाउन समेत उहाले सुझाव दिनुभयो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका वाणिज्य तर्फका उपाध्यक्ष राजनप्रसाद घिमिरे, महिला उपाध्यक्ष सुनिता पौडेल, सदस्य रविन केसी लगायतले शुभकामना मन्त्रब्य ब्यक्त गर्नुभएको थियो ।
महिला उद्यमी विकास समितिका अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले स्वागत, सहसचिव उषा गहतराजले धन्यवाद एवं सचिव देवु लम्सालले संचालन गर्नुभएको थियो ।