स्याङजा १३ भदौ । नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिले सामुहिक दर खाने कार्यक्रम सहित समितिको अधिवेशन सम्पन्न गरेको छ ।
यी दुबै कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीवक्ता श्रीकला पौडेलले जबसम्म महिला आर्थिक रुपमा सम्पन्न हुदैनन तव उनीहरु सक्षम हुन सक्दैनन । उद्यम मार्फत आयआर्जनमा जुट्न महिलालाई आग्रह गर्नुभयो । बिभिन्न पेशा ब्यवसायमा आवद्ध महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै उहाले आर्थिक सम्पन्नतासंगै कानूनी साक्षरता हुन जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, उपाध्यक्ष गंगा प्रधान, महासचिव रविन केसी, सचिव रामप्रसाद लम्साल, कानूनी सल्लाहकार हरिप्रसाद रेग्मी, महिला उद्यम विकास समिति सल्लाहकार मखमली श्रेष्ठ, सुनिता पौडेल, सदस्य बसन्ती आले लगायतले तिजको शुभकामना ब्यक्त गर्दै महिला दिदीबहीनीलाइृ उद्यमसंग जोडन ब्यवसायीक तालिम उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
महिला उद्यमी विकास समितिका अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव देवु लम्सालले संचालन गर्नु भएको थियो ।