स्याङ्जा १० जेठ । स्थानीय निर्वाचनमा स्याङ्जाका ३ पालिका प्रमुखको प्रतिस्पर्धामा रहेका ३ जना महिला पराजित हुनु भएको छ । मतदाताले महिला प्रमुख उम्मेदवारलाई पत्याएनन्। मत दिएनन्। अन्तत ः उहाहरु पराजित बन्नुभएको हो े। तर, उपप्रमुखमा भने महिला सबै निर्वाचित हुनुभयो ।
स्थानीय तह निर्वाचनमा स्याङ्जाका ११ पालिका मध्ये ३ पालिका प्रमुखमा महिलाले उम्मेदवारी दर्ता गरेका थिए। एक नगर र २ गाउँपालिकाको प्रमुखका उम्मेदवार ती महिलाको प्रतिस्पर्धा पुरुषसंग थियो।
पुतलीबजार नगरपालिका प्रमुख सहित अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा क्रमश ः सीमा क्षेत्री, चिनुमाया गुरुङ र माया राना थिए। क्षेत्री र गुरुङ् नेकपा एमालेतर्फका उम्मेदवार हुन भने राना नेपाली कांग्रेस तर्फका।
क्षेत्री यसअघि पनि पुतलीबजार नगरप्रमुख थिईन भने गुरुङ् अर्जुनचौपारीका उपाध्यक्ष हुन। राना भने पहिलो पटक अध्यक्ष उम्मेदवार हो ।
पुतलीबजार नगर प्रमुखका प्रतिस्पर्धी क्षेत्रीलाई तुलसीराम रेग्मीले २ हजार ४ सयकोे मतान्तरले पराजित गरे। २०७४ को निर्वाचनमा पनि क्षेत्री र रेग्मी बिच प्रतिस्पर्धा थियो। त्यतीवेला क्षेत्रीले १२ सय मतान्तरले विजयी बन्नुभएको छ।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार गुरुङलाई कांग्रेसका प्रकाश तिवारीले १ हजार ९४४ मतले पछि पार्नुभयो े। तिवारीले ५ हजार २९१ मत रहँदा गुरुङको ३ हजार ३४७ मत छ।
यसैगरी, कालीगण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेदवार राना प्रतिस्पर्धी उम्मेदवार खिमबहादुर थापासित पराजित हुनुभयो । थापाले छ हजार ७०० मत ल्याउँदा राना ५ हजार ५५ मत रहयो। थापा यसअघिका पनि अध्यक्ष हुन।
प्रमुख पदमा महिला उम्मेदवार पराजित बने पनि उपप्रमुखमा भने महिला उम्मेदवार नै निर्वाचित भएका छन्।
स्याङ्जाका ५ नगरपालिका सहित ६ गाउँपालिकाको उपप्रमुख तथा उपाध्यक्ष महिला निर्वाचित भएका छन्।
पुतलीबजारमा देबी अर्याल, भीरकोटमा भगवती रेग्मी, वालिङमा कविता तिवारी, गल्याङ्मा हेमा न्यौपाने, चापाकोटमा ईशा राना उपप्रमुखमा निर्वाचित हुनु भएको छ ।
यस्तै, अर्जुनचौपारीमा सपना गुरुङ्, आँधीखोलामा सीता थापा, फेदीखोलामा देउकुमारी गुरुङ्, हरिनासमा ईन्द्रकुमारी राना बिरुवामा भगवती शर्मा र कालीगण्डकीमा सावित्रा कोईराला उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
स्याङ्जामा २ लाख ४० हजार ५३५ मतदाता हुन्। ती मध्ये १ लाख २३ हजार ८६८ जना महिला र १ लाख १६ हजार ६६६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
Saturday, August 23
Trending
- स्याङजा अस्पतालबाट विस्तारित सेवा
- स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
- स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
- फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
- खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
- राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
- ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
- अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण