स्याङ्जा ९ फागुन ः स्याङ्जाका ब्यवासायीबीच शनिवार करदाता शिक्षा सम्बन्धी प्रशिक्षण एवं अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा स्याङ्जा सदरमुकाममा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगर उपप्रमुख महेश पुरीले जिल्लामा ठूला उद्योग ब्यवसाय संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उद्योग ब्यवसाय संचालन हुन नसक्दा यहाँका जनशक्ति र पँुजी पलायन हुदै गएको उहाको भनाई छ । ब्यवसाय उपप्रमुख पुरीले नगरपालिकाले करमा बृद्धी नगरी करको दायरा बढाएको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विक्रान्तकुमार श्रेष्ठ (सुवर्ण), स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, मदिरा ब्यवसायी संघका अध्यक्ष खिमानन्द पराजुली, उद्योग वाणिज्य संघका कोषाध्यक्ष खालिद मिया लगायतले शुभकामना मन्तब्य सहित कर प्रणालीका बारेमा जिज्ञासा एवं आ आफना धारणा ब्यक्त गर्नुभयोे।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभयो ।
सोही कार्यक्रममा करदाता कार्यालय प्रमुख कपिल नेपालले करदाता सेवा प्रणालीका बारेमा प्रशिक्षित गराउनुभयो । उहाले प्यान, भ्याट, अन्त शुल्कका बारेमा जानकारी गराउदै राज्यका निति र नियम बिपरितका कार्य नगर्न सुझाव दिनुभयो । उहाले भन्नुभयोे, ‘कसैले पनि कर छल्ने कार्य नगरौं, राज्यले करका दायरमा जसरी पनि ल्याउछ।’
करदाता शिक्षा कार्यक्रममा जिल्लाभित्रका नगर तथा गाउँ स्तरीय उद्योग ब्यवसायीको सहभागिता थियो ।
Monday, June 2
Trending
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
- गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
- बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
- चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
- पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
- लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
- स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग