स्याङ्जा २१ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
यसैगरी, बुधबार प्रधानमन्त्री प्रचण्डले उनीसहित नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिको जिम्मेवारी दिनुभएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।
स्याङ्जा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित गुरुङ्ले नेकपा एमालेका केन्द्रिय सचिव पदमा अर्याललाई पराजित गर्नुभएको हो । पूर्व मन्त्री समेत रहनु भएका अर्याललाई करिब ६ हजार मतले पराजित गर्दै पहिलो पल्ट प्रत्यक्षतर्फको चुनावमा सांसद निर्वाचित हुनुभएको हो । यसअघि उहाँ २ पटकसम्म संघिय समानुपातिकतर्फको सांसद भैसक्नु भएको छ ।
हाल कायम २२ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसबाट ८ जना, माओवादी केन्द्रबाट प्रधानमन्त्री सहित ५ मन्त्री र २ राज्यमन्त्री, जनता समाजवादीबाट १ जना, एकीकृत समाजवादीबाट २ मन्त्री र १ राज्य, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका १÷१ जना मन्त्री छन् ।
मन्त्रिपरिषद् बिस्तारसँगै अहिले २२ सदस्यीय मन्त्रीमण्डल बनेको छ । २५ सदस्यीय मन्त्रिमण्डलमा वन तथा वातावरण र खानेपानी मन्त्रालय भने अझै खाली छ ।