स्याङ्जा २६ भदौ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा कर शिक्षा कार्यक्रम गरिएको छ ।
शिक्षा कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राज्यको एक महत्वपूर्ण अंगका रुपमा रहेको कर प्रणालीलाई नियमानुसार परिचालन गर्नु तपाई हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो । तपाई हाम्रा जनमतप्राप्त जनप्रतिनिधिले हाम्रा लागि बनाएको करका दायरामा आई समयमै कर तिर्ने वानीको विकास गर्नुपर्ने बताउनुभयो । सोही करबाट बिकास निर्माण, सामाजिक विकास, तलब भत्ता लगायतमा राज्यले उपयोग गर्ने उहाको भनाई छ । सरकारका ३ खम्बे नीति सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रलाई समावेश गरेको जनाउनुभयो । ब्यवसायीलाई दोहोरो करको मारमा पार्न नहुने जनाउदै उहाँले कर कार्यालय र ब्यवसायीबीच समन्वयात्मक भूमिका हुनु पर्नेमा जोड दिनुभयो ।

कर अधिकृत बिजय भुषालले आफना कारोवारको जिम्मा आफैं लिएर नियमित कर तिर्दै गएमा ब्यवसायीलाई समस्या नआउने बताउनुभयो । उहाले कर शिक्षा सम्बन्धी र कार्यालयका काम, कर्तब्य र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, च्याम्बर अफ कर्मश स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वरिष्ठ उपाध्यक्ष हिक्मत श्रैष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाणिज्यतर्फका उपाध्यक्ष राजन घिमिरेले स्वागत एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो । स्याङ्जाका उद्योग ब्यवासायी, ब्यापारिको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा ब्यापारी र कर अधिकृतबीच अन्र्तक्रिया समेत भएको थियो ।