स्याङ्जा ४ मंसिर । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो अधिवेशन वालिङ् गरिने भएको छ ।
यही मंसिर १३ गते (नोभेम्बर २९) अधिवेशन तथा विश्व सम्मेलन हुने भएको हो । सम्मेलनमा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका स्याङ्जाबासीको सहभागीता हुने बताइएको छ ।
प्रवासमा रहेका स्याङ्जाबासी दाजुभाई तथा दिदीवहिनीले गठन गरेको यस सामाजिक संस्था मार्फत हुने अधिवेशनको तयारि तिब्र बनाएको आयोजकले जनाएका छन ।
‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ वालीङमा हुन गैरहेको उक्त महाधिवेशनले २ वर्षे कार्यकालको समिक्षा र सक्रिय टिम निर्माणमा निम्ति देश तथा विदेशबाट प्रतिनिधिहरुको सहभागीता रहनेछ । प्रवासमा रहेर जन्मथलो स्याङ्जालाई माया गर्ने सबै नेपालीहरुको उपस्थिति रहने अध्यक्ष जिबन न्यौपानेले बताउनुभयो ।
हाल २० वटाभन्दा बढि देशमा राष्ट्रिय समन्वय परिषदहरु रहेको यस संस्थाको अधिबेशनमा संस्थागत उपस्थितिको निम्ति ४० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। समाजका अध्यक्ष जीवन न्यौपानेको अध्यक्षतामा अधिबेशन मुल आयोजक समिती गठन गर्ने जस्ता सचिबालय बैठकले निर्णय गरेको ।
विधान मस्यौदा समितीमा भोला पौडेल, प्रचार प्रसारमा मुक्ती सुबेदी, हेमन्त रानाभाट र डोलराज डुम्रेलाई जिम्मेबारी दिईएको छ । पत्राचारका लागि हरी लुइँटेल, हल व्यवस्थापनमा खगेन्द्र गैरे र धर्म पराजुली, अतिथी सत्कारमा माया केसी र थर्क सेन, प्राबिधिक संयोजनका लागि राजेश पाण्डेलाई जिम्मेबारी बाँडफाँड गरिएको बताइएको छ।
विशुध्द रुपमा सामाजिक काम गर्दै आइरहेको स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय कमिटिको समन्वयमा कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामाग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पिडित तथा विभिन्न घटनाहरुमा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाका कोषाध्यक्ष खगेन्द्र गैह्रेले जानकारी दिनुभयो ।