स्याङ्जा १३ जेठ । स्याङ्जा सहयोग समाज कतारले आधीखोला गांउपालिकामा रहेको गुरुकुल बेद बिधाश्रम माध्यामिक बिधालयमा अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
समाजले बिभिन्न संस्थासंग आर्थिक सहयोग संकलन गरेर गुरुकुललाई आर्थिक सहयोग गरेको जनाएको छ ।सामाजिक क्षेत्रमा क्रियाशिल सहयोग समाजले बिभिन्न क्षेत्रमा यसैगरी सहयोग गर्दै आएको छ ।
गाउपालिका वार्ड २ का अध्यक्ष कमलप्रसाद पौडेलले सरकारी क्षेत्रबाट केही सहयोग भए पनि प्रयाप्त नभएको अबस्थामा यस्ता सहयोगहरुले यहाँ अध्ययरत बालबालिकालाई थप प्रेरणा मिलेको एवं सयहोग मिलेको बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकास परियारले अक्षयकोषका लागी १ लाख ५ हजार रुपैंया हस्तान्तरण गर्दै हाम्रो धर्म संस्कार लाइ अझै संरक्षण गर्नुपर्ने देखिएको बताउनु भयो । रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रीय सचिब घनश्याम रिजालले धार्मिक पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
बिधालय सन्चालन समितिका अध्यक्ष पण्डित पुण्यप्रसाद उपाध्यायको अध्यक्षता सम्पन्न कार्यकमको सन्चालन सदस्य सचिब रामचन्द्र तिमिल्सिनाले गर्नुभएको थियो ।
बिधाश्रममा ३० जना बालकहरुले निशुल्क अध्ययन गर्दै आएका छन् । उनीहरुलाई आवासिय सुबिधा सहितको शिक्षा उपलब्ध गराएको वेदबिद्याश्रमलाई सहयोगको आवश्यकता महसुसगरी सहयोग गरेको स्याङ्जा सहयोग समाज कतारका सद्स्य एवं कार्यक्रम संयोजक अम्बिका पौडेलको जानकारी दिनुभयो ।