स्याङ्जा २८ जेठ । जिल्ला समन्वय समिति स्याङ्जामा नेपाली कांग्रेस र नेकपा एमालेबीच समन्वयगरी समिति बन्ने भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच बसेको बैठकले गोलाप्रथाद्धारा प्रमुख र उपप्रमुख ट्ंग्याउने सहमति बनेको थियो ।
सहमति बमोजिम प्रमुख सहित ४ सदस्य नेपाली कांग्रेसलाई र उपप्रमुख सहित ५ सदस्य नेकपा एमालेलाई चिट्टा परेको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा शनिवार नेपाली कांग्रेसका सभापति राजु थापा र नेकपा एमालेका अध्यक्ष सूर्यप्रसाद गैह्रैले गोला तान्दा सो नतिजा आएको हो । गोला तान्दा दुबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहितको उल्लेख्य सहभागिता थियो ।
एघार स्थानीय पालिका रहेको स्याङ्जामा नेपाली कांग्रेस र नेकपा एमालेका ११÷११ गरी बराबर मतदाता रहेपछि दुबै राजनीतिक दलले गोलाप्रथाद्धारा टुंग्याउनेगरी सहमति बनेको थियो ।
यो संगै अव आइतवार दुबै राजनीतिक दलले आ आफना उम्मेदवार सहित मनोनयन गराउने तयारीमा जुटेका छन् । जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख सहित ९ सदस्य रहने प्रावधान छ ।
Friday, September 19
Trending
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित