कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले समाजलाई रेडियोमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको भन्दै समग्र सञ्चार क्षेत्रको विकासले नै समाज परिर्वतन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजालले आफ्नो जन्म जिल्लाको गतिविधिलाई थप विस्तार गर्न र पत्रकारहरुको क्षमता विकास तथा पत्रकारहरुलाई स्थापित गराउनका लागी समाजले भुमिका खोल्ने बताउनुभयो ।
कार्यक्रममा भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी, रेडियो आँधीखोलाका सचिव यमकान्त खनाल, सदस्य अमृत खनाल, धु्रव पंगेनी, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैह्रे, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष तथा रेडियोका सदस्य श्रीकृष्ण सिग्देल, प्रेस युनियनका अध्यक्ष प्रदिप कोईराला, पत्रकार महासंघका उपाध्यक्ष राधाकृष्ण डुम्रे, योगी लगायतको सहभागीता रहेको थियो ।स्याङ्जा पत्रकार समाजका कोषाध्यक्ष भुपराज बस्याल लगायत सहभागी थिए ।