स्याङ्जा २६ असोज । स्याङ्जाको निर्वाचन क्षेत्र नं. १ वाट २ स्वतन्त्र सहित ६ जनाले आ आफना उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेमा नेपाली कांग्रेसतर्फका २ जना र नेकपा एकिकृत समाजवादीका २ जना छन्।
प्रतिनिधिसभा १ तथा प्रदेशसभा (क र ख) का ६ जना उम्मेदवारले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।
फिर्ता लिनेमा प्रतिनिधिसभाका ३ जना र प्रदेशसभा (क) का एक जना र (ख) का २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन।
नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य समेत रहेका रानाभाटले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका उहाले बुधवार अन्तिम समयमा आफनो उम्मेदवारी फिर्ता गरेको जनाउनुभयो ।
यसैगरी, नेकपा एकिकृत समाजवादीका बिष्णु गिरीले गठबन्धनको निर्णय बमोजिम फिर्ता लिएको जनाउनुभयो । अर्का स्वतन्त्र उम्मेदवार अर्जुनप्रसाद पौडेलले पनि उम्मेदवारी फिर्ता गर्नुभएको छ ।
यसैगरी, प्रदेश (क) बाट मेखलाल श्रेष्ठ र प्रदेश (ख) बाट शर्मिला पोडेल र मनोज नेपालीले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गठबन्धनको निर्णय बमोजिम क बाट उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले फिर्ता लिएको बताउनुभयो । उहाले गठबन्धनको निर्णय बमोजिम उम्मेदवारी फिर्ता लिएको जनाउनुभयो । गठबन्धनले सो क्षेत्र नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो।
यस्तै, प्रदेश (ख) बाट उम्मेदवार दिएकी नेकपा एकिकृत समाजवादीका शर्मिला पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको छ । गठबन्धनकै निर्णय बमोजिम उम्मेदवारी फिर्ता लिएको उहाको भनाई छ ।
यसैगरी, स्वतन्न्त्र रुपमा उम्मेदवारी दिनुभएका मनोज नेपालीले पनि उम्मेदवारी फिर्ता लिनुभएको कार्यालयले जनाएको छ ।
यो संगै अव स्याङ्जा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि र प्रदेशसभागरी ३ सदस्यका ला िप्रतिनिधिसभा सदस्यमा १२ जना, प्रदेश (क) मा ७ जना र (ख) मा ५ जनाबिच चुनावी प्रतिस्पर्धा हुनेभएको छ।