Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा कांग्रेसका अग्रज नेता एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन
    समाचार

    स्याङ्जा कांग्रेसका अग्रज नेता एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन

    नेपाली कांग्रेस स्याङ्जाका अग्रज नेता प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ बर्षको उमेरमा निधन भएको छ। स्याङ्जा कांग्रेसका पूर्वसभापति एवं पूर्व सांसद पनि ।
    Syangja SandeshBy Syangja SandeshMay 14, 2024Updated:May 14, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ जेठ । नेपाली कांग्रेस स्याङ्जाका अग्रज नेता प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ बर्षको उमेरमा निधन भएको छ। स्याङ्जा कांग्रेसका पूर्वसभापति एवं पूर्व सांसद पनि ।

    झण्डै २ बर्षअघिदेखि उपचारमा रहनु भएका रेग्मीको मंगलबार बिहान ५ बजे आफ्नै घर भीरकोट नगरपालिका ७ गेझवासमा निधन भएको हो । कांग्रेसका ३ पटक सभापति र राष्ट्रिय सभा सदस्य भएर स्याङ्जा र मुलुकका लागि योगदान पुरयाउनु भएको छ ।
    जिब्रोको क्यान्सर उपचारमा रहनु भएका उहाँ एक साताअघि घर फर्कनु भएको थियो । भरतपुर र काठमाडौंमा उपचारपछि चिकित्सकको सल्लाह र उनको ईच्छा बमोजिम घर फर्कनु भएको हो ।

    लामो समय शिक्षण पेसामा आबद्ध रेग्मी राजनीतिमा पनि उत्तिकै क्रियाशील रहनुभयो । जसका कारण उहाका हजारौं चेला छन्। लोकप्रिय नेताका रुपमा पहिचान बनाउन सफल हुनुहुन्छ । राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई २०१७ पुस १ गते अपदस्थ गरेपछि रेग्मी राजनीतितर्फ आकर्षित हुनुभएको थियो । वीपीसंगै निर्वासनमा बसेर काम गर्नुभयो स्याङ्जालाई कांग्रेसमय बनाउने अभियानमा उहा निरन्तर क्रियाशिल रहनुभयो । गाउँगाउँमा पुगेर संगठन बिस्तार र बलियो बनाउने अभियानमा अहोरात्र खटिने गरेको उहाका सहयात्री श्रीप्रसाद घर्ति भन्नुहुन्छ ।

    सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ महिनामा उहामाथि माओवादीले गोली हाने र घाईते बनाए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उहा पटकपटक जेल जीवन बिताउनु भएको छ । पिता देवीप्रसाद र आमा नोनाकुमारीबाट जन्मेका १३ सन्तानमध्ये उहा तेस्रो सन्तान । किसान परिवारमा वि.स. २००६ साल साउन १५ गते नागपञ्चमीका राती जन्मनु भएका उहाका अहिले एक पत्नी हुनुहुन्छ ।

    आफनो राजनीतिक एवं सामाजिक यात्रालाई समेट्दै उहाले ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ पुस्तक सम्पादन एवं प्रकाशन गर्नुभएको छ । अन्तिम श्रद्धाञ्जलिका लागि शव बिहान ११ बजे पार्टी कार्यालय स्याङ्जामा राखिने जिल्ला सभापति राजु थापाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.