स्याङ्जा ८ मंसिर । नेपाली कांग्रेसको यही १० गते हुने भनिएको जिल्ला सभापतिमा संबिधानसभा सदस्य राजु थापा र गण्डकी प्रदेशका सचेतक एवं सांसद भागवतप्रकाश मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।
संघीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ स्याङ्जाको क्षेत्र नं. १ बाट सबैभन्दा धेरै मत पाएका थापा र क्षेत्र नं. २ बाट मल्लले सर्वाधिक मत पाउन सफल हुनुभएको हो ।
संविधानसभा सदस्य थापा र गण्डकी प्रदेश नेपाली काङ्ग्रेसका सचेतक एवं सांसद मल्ल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
सोमबार भएको क्षेत्रीय तथा संघिय महाधिवेशन प्रतिनिधी चयनमा स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) लगायतका कांग्रेसमा निरन्तर क्रियाशिल नेता तथा नेतृहरुको पराजित भएपछि राजनीतिले नयाँ मोड लिएको हो।
कार्यवाहक सभापति रानासंगै प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डे, राष्ट्रियसभाका पूर्व सांसद खगेन्द्रराज रेग्मी, पूर्व नगरप्रमुख भोजराज अर्याल, महिला संघका पूर्व केन्द्रीय सदस्य राजकुमारी गुरुङ र हिरादेवी शर्मा, महिला संघ स्याङ्जाका पूर्व सभापति मखमली श्रेष्ठले मतदान प्रक्रियाबाट पराजय भोग्नु परेको छ।
समूहगत प्रतिस्पर्धामा स्याङ्जा कांग्रेस अघि बढेको छ। समूहकै पछि लागेका कारण नवप्रवेशीको संख्या ह्वात्तै बढेको छ भने राजनीतिमा आवश्यक ठानिएका ब्यक्तिले अप्रत्यासित पराजित भएका छन्।
स्याङ्जामा केन्द्रको स्पष्ट धार देखिएको छैन। यहाँ २ समूहबीचको चुनावी प्रतिस्पर्धा बनाइएको छ। नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठको चुनावी क्षेत्र पनि २ नम्बर।
श्रेष्ठ पक्षधर समूहले क्षेत्र नं. १ मा पराजय भोग्नुपरेको हो। तर, श्रेष्ठ पक्षधर क्षेत्र नं. २ मा बलियो देखिएको छ।
दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं १ मा संविधानसभा सदस्य राजु थापा बलियो हुनुहुन्छ ।
तर, क्षेत्र नं २ मा गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक सांसद भागवत्प्रकाश मल्ल बलियो छन्।
कम्यूनिष्टको गढ मानिएको स्याङ्जा क्षेत्र नं. १ मा विसं. २०७० को संबिधानसभा निर्वाचनमा क्षेत्र नं. १ मा थापा निर्वाचित भएका थिए।
स्याङ्जाको एक मात्र प्रदेश जिताएर नेपाली कांग्रेसको वीउ जोगाउन सफल हुनुभएको हो मल्ल। यहाँका २ प्रतिनिधीसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. २ ख बाट मल्ल मात्र बिजयी हुनुभएको हो ।
Thursday, July 31
Trending
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
- दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
- प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
- स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
- अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
- पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन