स्याङ्जा ४ माघ । नेपाली काँग्रेस स्याङ्जाको प्रबक्ताको जिम्मेवारी भरतप्रसाद लम्साललाई दिइएको छ । स्याङ्जा काँग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रबक्ताको जिम्मेवारी दिनुभएको हो ।
नेपाली काँग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५)को दफा १२ को उपदफा ५ ख (२) र उपदफा७ (ङ्) द्धारा प्राप्त अधिकारप्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रबक्ताको जिम्मेवारी दिनुभएको हो ।
लम्सालले राजनीतिक शास्त्र र अर्थशास्त्रमाएम.ए. गर्नुभएको छ । २०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थाल्नु भएका लम्साल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष पनि हुनुहुन्छ ।