Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजामा मनाइयो कर दिवस तथा कर सप्ताह कार्यक्रम
    अर्थ

    स्याङजामा मनाइयो कर दिवस तथा कर सप्ताह कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ मंसिर । स्वच्छ, पारदर्शी र प्रबिधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुसासन भन्ने नाराका साथ १२ औ कर दिवस मनाइएको छ ।

    करदाता सेवा कार्यालय पुतलीबजारको आयोजनामा उत्कृष्ठ करदाता सम्मान तथा कर सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता एवं छोटो बृत्तचित्र निर्माण प्रतियोगिता सहित कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाइएको हो ।


    दिवसको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले कर प्रणालीलाई बलियो बनाउदै यसका उपयोगिताका बारेमा प्राथमिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । ब्यवसाय गरे वापत नागरिकले बुझाएको करबाटै विकास निर्माण लगायत सामाजिक सुरक्षामा लगानी गर्दै आएको उहाले बताउनुभयो । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, पूर्वाधार विकास, शिक्षा लगायतका क्षेत्रका लगानी गर्ने गरेको जनाउदै राज्यले उद्यम, ब्यवसायमा ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा आन्तरिक कर कार्यालय पोखराका प्रमुख शिव शर्माले करको उपयोग र करको आवश्यकताका बारेमा जानकारी गराउदै पुतलीबजारमा स्थापित करदाता कार्यालयबाट जिल्लाबासीलाई सहज बनाएको बताउनुभयो ।उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्श स्याङ्जाका प्रथम उपाध्यक्ष राजु अधिकारी लगायतले शुभकामना मन्तब्य सहित ब्यावसायिक समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

    सोही कार्यक्रममा खिलुङकालिका कन्स्ट्रक्सनका प्रवन्धक दिपक अर्याललाई उत्कृष्ठ करदाता सम्मान गरिएको छ । यसैगरी करदाता सेवा कार्यालयका डाटा इन्ट्री सुब्बा सुभासचन्द्र मरासीनीलाई सम्मान गरिएको छ ।

    वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने क्रमश ः ओजश्वी रेग्मी, आयुष्मा ढकाल र एलिसा केसीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । छोटा भिडियो बनाएका रोशनी केसीका समूहलाई पनि सम्मान गरिएको थियो ।

    करदाता कार्यालय प्रमुख बिजय भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुब्बा ममता पंगेनीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.