नेपाल रेडक्रस सोसाइटी स्याङजाले कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उदेश्यले पालिकाहरुमा स्थापित अस्पतालमा स्वास्थ्य सामाग्री बितरण अभियान सुरु गरेको छ ।
अभियानले बिहीवार जिल्लाका ४ वटा स्थानीय पालिकामा निर्मित अस्थायी कोभिड अस्पतालमा पीपीइ, ग्लोब्स, सेनीटाइजर, मास्क, साबुन लगायतका सामाग्री बितरण गरेको हो ।
भीरकोट नगरपालिकामा संचालित अन्र्तराष्ट्रिय युवा समन्वय परियोजनाले स्याङ्जामा स्थापित अस्थायी कोभिड अस्पताललाई लक्षित गर्दे स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस स्याङ्जा शाखाका मन्त्री दिनेश अर्याल, परियोजना प्रमुख घनश्याम पौडेल, रेडक्रसकर्मी चुडामणी अर्याल लगायतको टोलीले पुतलीबजारको करेन्डाडा, भीरकोटको कालिका नगर अस्पताल, वालिङ्मा गह्रोै प्राथमिक अस्पताल, गल्याङ् नगर अस्पतालमा पिपिइ, ग्लोब्स, सेनीटाइजर, मास्क, सावुन लगायतका सामाग्री उपलब्ध गराइएको हो ।
शुक्रवार र शनिवार (आज र भोली) अन्य पालिकामा पनि यसैगरी स्वास्थ्य सामाग्री उपलब्ध गराउने परियोजना प्रमुख घनश्याम पौडेलले भन्नुभयो ।
जिल्ला रेडक्रस सोसाइटी स्याङुजाको समन्वयमा भीरकोटमा जापान रेडक्रस सोसाइटीको सहयोगमा सरसफाई र सचेतना सम्बन्धी परियोजना केही महिनादेखि सुरु भएको छ ।
Saturday, November 8
Trending
- चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
- स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
- स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
- पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
- फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
- खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
- कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
- कृषकका असल साथी, सम्झनामा माधव सर
