स्याङ्जा ४ साउन । स्याङ्जा जिल्ला अदालतले आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्यको आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट गरेको छ ।
जिल्ला अदालत स्याङ्जामा बिहीवार आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी दिदै जिल्ला न्यायधीश बासुदेव पौडेलले कुल १ हजार ३५५ मुद्धा मध्ये १ हजार ४ वटा मुद्धा फस्र्यौट भई लगतका आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट भएको बताउनुभयो ।
मुद्धा मध्ये जिम्मेवारी सरेर आएका ४०३, नयाँ दर्ता भएका ९५२ गरी १ हजार ३५५ वटा मुद्धा थिए । ती मध्ये जिम्मेवारी सरेर आएका ३७७ र नयाँ दर्ता भएका ६२७ मुद्धा फस्र्योट भई अब ३५१ मुद्धा बाँकी रहेको उहाले भन्नुभयो ।
बिगत तीन आर्थिक बर्षका तुलना गर्दा आर्थिक बर्ष २०७८÷०७९ मा ६३ दशमलब ११ प्रतिशत, २०७९÷०८० मा ७० दशमलब २३ प्रतिशत र २०८०÷०८१ मा ७४ प्रतिशत मुद्धा फस्र्योट भएको उल्लेख छ।
मेलमिलापतर्फ पठाइएका १५० मुद्धा मध्ये १९ वटा मुद्धा मिलाउन सफल भएको ती मध्ये २८ वटा छलफलका क्रममा रहेको र १०३ वटा मुद्धा असफल भएका बताइएको छ ।
अदालतमा सबैभन्दा बढी धेरै सम्बन्ध बिच्छेदका ५४८ मुद्धा दर्ता भएका छन्। त्यसपछि अंश मानाचामल, जजक, लेनदेन, लागुऔषध, चोरी, बैकिंङ कसुर, कर्तब्य ज्यान, जालसाजी, लिखत बदर, चेक अनादार, जग्गा सम्बन्धी, बहुबिवाह, आत्महत्या दुरुत्साहन, ज्यान मार्ने उद्योग, घरेलु हिंसा, जग्गा सम्बन्धी, अभद्र ब्यवहार, बन सम्बन्धी, पुनरावेदन, जुवातास, मिलापत्र बदर, दामासाही, कितेै मुद्धा रहेका छन् ।
प्रदेशमै धेरै मुद्धा फस्र्योट गरेको भन्दै न्यायधीश बासुदेव पौडेलले उच्च अदालतबाट सम्मान गरिएको छ । गएको कात्तिक १२ गते हाजिर हुनु भएका उहाले ८१५ मुद्धा फस्र्योट गरिसक्नु भएको छ । उहाभन्दा अघिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीले १२९ र राधाकृष्ण उप्रेतीले ६० मुद्धा फस्र्योट गर्नुभएको थियो ।
बार्षिक ८७१ लक्ष्य रहेको अदालतको १ हजार ४ मुद्धा फस्र्योट भई लक्ष्य भन्दा १३१ थान मुद्धा बढी फस्र्योट भएको अदालतले जनाएको छ ।
अदालतका जिम्मेवारी र काममा ढिलासुस्ती र दाग लगाउने काम हुन नदिने जनाउदै जिल्ला न्यायधीश पौडेलले न्याय दिलाउने संस्थाको संरक्षण र विश्वसनियता कायम राख्न पत्रकार जगतसंग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकारहरुका बिभिन्न जिज्ञासालाई पनि न्यायधीश पौडेलले जवाफ दिनु भएको थियो ।