स्याङ्जा १० जेठ । गल्याङ् नगरपालिकाको प्रमुख पदमा ठूला राजनीतिक दलका प्रमुख ब्यक्तिबीच प्रतिस्पर्धा रह्यो।
नगर प्रमुख पदमा नेकपाका अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) पराजित हुनुभयो भने नेपाली कांग्रेसका जिल्ला सचिव गुरुप्रसाद भट्टराइले बाजी मार्नुभयो े। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भट्टराईले एमालेका अध्यक्ष गैह्रैलाई पराजित गर्दै विजयी बन्नुभएको हो ।
पुष महिनामा भएको एमाले अधिवेशनबाट गैहै जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन भने भट्टराई फागुनमा भएको अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित हुन। उनीहरु दुबै वहालवाला अध्यक्ष र सचिव हो ।
भट्टराईले ९ हजार ६२१ मत पाउँदा उनका प्रतिस्पर्धी गैह्रेले ८ हजार ९२२ मत पाए। बिजयी उम्मेदवारको ६ सय ९९ मतान्तर छ।
कुल २९ हजार ५५७ जना मतदाता भएका यहाँ १९ हजार ८८० जनाले मतदान गर्नुभएको छ ।
अघिल्लो, २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा नेकपा एमालेका भुपराज अधिकारी विजयी हुनु भएको थियो । त्यतीवेला प्रमुख र उपप्रमुख देवी थापा पनि एमालेबाट निर्वाचित हुनुभयो । अधिकारीले ८ हजार ३६८ मत ल्याउदा काँग्रेसका उम्मेदवार लालगोपाल अर्यालले ६ हजार ६२ मत छ ।
यसपटक, उपप्रमुखमा पनि काँग्रेसकै हेमा न्यौपाने विजयी भईन। उनले ९ हजार ११८ मत पाउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार देवी थापाले ९ हजार ५५ मत पाईन। थापा यसअघिका उपप्रमुख हुन।
Saturday, December 13
Trending
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
- पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
