Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सोनियालाई ओलम्पिक वाइल्ड कार्ड
    खेलकुद

    सोनियालाई ओलम्पिक वाइल्ड कार्ड

    Syangja SandeshBy Syangja SandeshJune 27, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १३ असार । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो । सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी दिनुभयो । उहाँले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकामा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताउनुभयो ।

    नेपाल पुलिसमा आबद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूदकी कास्य पदक विजेता खेलाडी   हुन् । सोनियाले २०१९ मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्तजित्नु भएको थियो । सन् २०१९ मा मोरक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अङ्क बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025

    प्रथम पिंक सिटी वालिङ महोत्सवको भलिवल उपाधी गल्याङ्लाई

    March 17, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.