Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सूर्योदय २० औं बर्षमा, सेयर पुँजी ५ करोड ९० लाख बढी
    अर्थ

    सूर्योदय २० औं बर्षमा, सेयर पुँजी ५ करोड ९० लाख बढी

    Syangja SandeshBy Syangja SandeshDecember 18, 2021Updated:December 27, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३ पुस । सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं बार्षिकोत्सव तथा सातौं अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दे संस्थापक सदस्य बिद्यादेवी श्रेष्ठले आफुले कमाएको केही अंश बचत गर्ने वानी बनाएमा भोलीका ठूल्ठूला समस्या समेत टार्न सहज बन्ने बताउनुभयो ।

    आजभन्दा २० बर्षअघि ३ जना साथि मिलेर बचत गरेको रमक आज जिल्लाकै उत्कृष्ठ सहकारी बन्न सकेकोमा खुशी ब्यक्त गर्दे उहाले बचतका लागि धेरै रकम आवश्यक नहुनेमा जोड दिनुभयो । सहकारीले नाफा भन्दा सेवामुलक कार्यमा लगानी गर्न जोड दिनुभयो ।

    कार्यक्रममा अर्का संस्थापक सदस्य द्धय अनन्तकुमार श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ, सल्लाहकार गोविन्दप्रसाद शर्मा, पूर्व अध्यक्ष भरतबहादुर मल्ल, सम्मानित ब्यक्तित्व पुरुषोत्तम शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बलराम दोरंगाले स्वागत एवं सचिव नारायणप्रसाद रेग्मीले संचालन गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष दिर्घनारायण शर्माले आर्थिक प्रतिवेदन र लेखा संयोजक शालिकराम मरासीनीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा ३० जना भन्दा बढीलाई बिभिन्न क्षेत्रमा योगदान पुरयाएको भन्दै सम्मान गरिएको थियो ।


    यसैगरी, जुग्ले सेवा केन्द्रमा गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले उदघाटन गर्नुभएको छ । उहाले प्रबिधिको प्रयोग गर्दे सेवा प्रवाह गरेको बताउनुभयो । केन्द्रिय सदस्य राजेन्द्रप्रसाद शर्मा, सदस्य लिला लामिछाने, पुण्यप्रसाद उपाध्याय, भिमबहादुर विक, श्यामादेवी लामिछाने लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सेवा केन्द्रका संयोजक ओमप्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जीवन लामिछानेले संचालन गर्नुभएको थियो ।


    विरुवा सेवा केन्द्रमा गाउपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, युवराज केसी, जगत खत्री, प्रेमबहादुर रेग्मी, जीवनकुमार वाग्ले, नन्दकुमारी खड्का लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सेवा केन्द्रका संयोजक गुप्तबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राजेन्द्रबहादुर केसीले गर्नुभएको थियो । सूर्योदय ३ सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दे आएको छ ।


    सूर्याेदय सहकारीले एसियाली ऋण महासङ्घ (एसिसियुआई) द्वारा नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ लिमिटेड नेफस्कूनबाट सञ्चालित एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी भई संस्थालाई दिगो रुपमा विकास गरी सुधारात्मक कार्य गर्दै आइरहेको छ । संस्थाले हाल जिल्लाका बाडखोला, स्याङ्जा बजार, बिरुवा, आँधीखोला, चापाकोट ५ ठाउँमा सेवा दिईरहेको छ । संस्थाका सेयर सदस्य हालसम्म ८१५० रहेका तथा सेयर पुँजी ५ करोड ९० लाख भन्दा बढी रहेको छ । संस्थाको कुल पूँजी तथा दायित्व ६६ करोड ४४ लाख ५१ हजारभन्दा माथि रहेको छ ।

    संस्थाले विभिन्न विधामा सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सदस्यहरुको स्तरोन्नतिका लागि विभिन्न रचनात्मक प्रोत्साहनमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल यसले अनलाइन सफ्टवेयरको विकास गरी सेयर सदस्यहरुलाई छिटो छरितो तथा सुरक्षित सेवा प्रदान गर्दै आइरहेको छ । मोबाइल बैङ्किङ सेवाको माध्यमबाट सदस्यहरुले चौबिसै घण्टा सेवा लिन सकिने सुविधा पनि संस्थाले उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष हुमबहादुर कुमालले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    फरार कसुरदार ३८ वर्षपछि पक्राउ

    November 29, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.