स्याङ्जा ९ असोज । ‘सर्वे भवन्तु सुखिन’ भन्ने नाराका साथ सूर्या लाइफ इन्स्योरेनस कम्पनी लिमिटेड शाखा कार्यालय स्याङ्जाले अभिकर्ता उत्प्रेरणा एवम पुर्नजागरण कार्यक्रम गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख मीनबहादुर जिसीले आजैदेखि बिमामा थोरै थोरै रकम संकलन गरेर भविष्यमा आफु र आफना सन्तानका लागि ठूलो गर्जो टार्ने माध्यम बनाउन सकिने बताउनुभयो ।
सूर्या लाइफ इन्स्योरेन्सका बारेमा र अभिकर्ताले गर्नु पर्ने कामका बारेमा जानकारी बारेमा जानकारी गराउदै विमाको आवश्यकता, फाइदाका बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश एजेन्सी म्यानेजर सरला आचार्य, वरिष्ठ एजेन्सी म्यानेजर निर्मला बराल थापा, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं स्याङ्जाका एजेन्सी म्यानेजर प्रकाश डोटेल, अभिकर्ता देवी अर्याल लगायतले बिमाका माध्यमबाटै आयआर्जन सहित समाजसेवामा लाग्न सकिनेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा एमडीआरटी उन्मुख प्रकाश डोटेल र अभिकर्ता मन्जु जिटी लगायत सम्झना रोका, बिनिता श्रेष्ठलाई सम्मान गरिएको छ ।कार्यक्रममा एलिना घर्ति, डीलकुमारी गुरुङ, देवी अधिकारी कार्की, देवी एसके, रविन जिटीलाई अभिकर्ताबाट एजेन्सी म्यानेजरमा पदोन्नती गरिएको थियो।
सूर्या लाइफ इन्स्योरेनस कम्पनी लिमिटेड शाखा कार्यालय स्याङ्जाका प्रवन्धक सुजन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारी निशा बस्यालले स्वागत एवं पत्रकार भवानी अधिकारीले संचालन गर्नुभएको थियो।