स्याङ्जा ६ चैत । आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फेँदिखोलामा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियुको प्यानल विजयी भएको हो ।
प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका सन्जोग थापाको प्यानल विजयी भएको हो । थापाले ५१ मतका साथ विजयी हुँदा पराजय हुुनभएको नेविसंघका विजय अधिकारीले ४१ मत प्राप्त गर्नुभएको थियो ।
विजयी हुनेहरुमा सचिव कुशुम ढकाल, कोषाध्यक्ष रेशमी नेपाली यस अघि नै निरविरोध निर्वाचित भइसक्नुभएको थियो भने खुला सदस्य तर्फ अमिशा सुनार, कविता गुरुङ लगायत निर्वाचित भएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।