Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘सामाजिक सुरक्षा कोषका लागि नमूना बन्यो स्याङ्जाको फेदिखोला’
    फेदिखोला गाउँपालिका

    ‘सामाजिक सुरक्षा कोषका लागि नमूना बन्यो स्याङ्जाको फेदिखोला’

    Syangja SandeshBy Syangja SandeshAugust 23, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ भदौ । अनौपचारिक क्षेत्रमा रही सामाजिक सुरक्षा कोषमा मुलुककै नमूना बन्न सफल भएको छ स्याङ्जाको फेदिखोला गाउँपालिका ।


    सिद्धार्थ राजमार्गमै जोडिएको पोखरा महानगरपालिकासंग सिमाना जोडिएको फेदिखोला अन्यन्तै सुन्दर रमणीय क्षेत्र पनि हो। सुगम र सम्पन्न गाउँपालिकाका रुपमा चिन्न सकिने फेदिखोला यहाँका अन्य पालिका भन्दा भुगोल र जनसंख्यामा पनि कमी छ ।
    राम्रो पालिका हाम्रो पालिका बनाउने अभियानमा जुटेका गाउँपालिकाले मुलुकमै नमूना कामको सुरुवात गरेको छ।

    औपचारिक श्रमिकमा मात्र ध्यान दिदै आएको अवस्थामा अनौपचारिक क्षेत्रलाई पनि सहभागी गराई सामाजिक सेवामा क्रियाशिल बनाउन सोचको अभियानसंगै अघि बढेका पालिकाका अध्यक्ष घनश्याम सुवेदी सबैका लागि नमूना बन्न सफल हुनुभयो ।

    त्यसो त, अनौपचारिक क्षेत्रमा रही सामाजिक सुरक्षा कोषमा भागिदार हुन पाएकोमा फेदिखोला गाउँपालिका २ का जमूना खड्कामा खुशी थपिएको छ । सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउनेगरी परियोजना कार्यान्वयन गरेपछि उनी लगायत यहाँका सयौं श्रमिकमा खुशी छाएको हो । श्रमजिवी बर्गलाई लक्षित गर्दै राज्यले सुरुवात गरेको यस्ता खालका कल्याणकारी सहयोगले आफु लगायत धेरै विपन्न परिवार लाभान्वित हुने उहा भन्नुहुन्छ ।


    त्यसो त, फेदिखोला गाउँपालिकाले भने ३ बर्षअघि नै पालिकाले नै जिम्मा लिनेगरी श्रमिकका लागि संचित कोष स्थापना गरेको थियो। । गाउँपालिकामा सूचिकृत श्रमिकको १५ प्रतिशत र पालिकाले पनि १५ प्रतिशत रकम थप गरेर मजदुर सञ्चित कोषमा संचालनमा ल्याइएको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।


    ‘अहिलेसम्म ७ सय १४ जनाले पालिकाको संचित कोषमा आवद्ध छन्। अब उहाहरु सहित अन्य थप अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा आवद्ध रहेकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेगरी वडादेखि लक्षित समूहलाई प्रशिक्षण दिईने योजना अघि बढाइएको छ।’ अध्यक्ष सुवेदीले जनाउनुभयो ।


    अब, सरकारले तोेकेका न्युनतम आधारभुत पारिश्रमिकको श्रमिकले ११ प्रतिशत र पालिकाले ९ दशमलब ३७ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ। हालको ब्यवस्था बमोजिम प्रति श्रमिक मासिक १ हजार ९१२ रुपैंया सामाजिक सुरक्षाकोषमा योगदान गर्नुपर्ने हुन्छ ।


    ‘अहिलेसम्म ७ सय १४ जनाले पालिकाको संचित कोषमा आवद्ध छन ्। अब उनीहरु सहित अन्य थप अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा आवद्ध रहेकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने पालिकाले जनाएको छ ।


    अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने फेदिखोला गाउँपालिका देशकै पहिलो पालिका बनेकोमा स्याङ्जाबासी हर्षित छन्।


    फेदिखोलाको अनुकरणीय कामको सिको यहाँका ११ वटै पालिकाले गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी.को भनाई छ ।


    अनौपचारिक श्रेत्रमा कार्यरत श्रमिकले राम्रो आम्दानी गरे पनि बचत गर्ने वानी नहुँदा धेरै समस्या झेल्नु परेको देख्न पाईन्छ। तर, यस्ता कार्यक्रमले भने उनीहरुलाई अनिवार्य बचतको लगाव पार्न सफल हुन्छ ।


    तीन बर्ष पहिला सार्वजनिक निर्माणको काममा सूचीकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष’ मार्फत सामाजिक सेवा पु¥याएको फेदिखोला गाउँपालिका पहिलोपटक ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार सामाजिक सुरक्षा कोषमा आबद्धता जनाएको छ ।


    गाउँपलिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै यहाँका अनौपचारिक क्षेत्रका श्रमिकलाई धेरै लाभ पुग्ने देखिएको छ ।


    श्रमिकले निश्चित अवधिर तोकिएको रकम जम्मा गरेमा स्वास्थ्य उपचार खर्च, दुर्घटना विमा, अशक्त भत्ता, मृत्यु भएका परिवारका आश्रित पत्नी तथा नावालक बालबालिकालाई भत्ता तथा पारिवारिक सुरक्षाका योजना समेत कार्यबिधिमा उल्लेख गरिएको गाउपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.