स्याङ्जा ३० असार । सामाजिक विकास कार्यालय स्याङ्जाले समिति तथा खर्च सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा तथा खर्च सार्वजनिक कार्यक्रम मार्फत खर्च सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले सरकारी कार्यालयले यसरी आय ब्यय सार्वजनिक गर्नु भनेको आफना काम कारवाहीका बारेमा पारदर्शिताको नमूना भएको बताउनुभयो । सामाजिक विकास कार्यालयले जस्तै अन्य कार्यालयले पनि यसैगरी आय ब्यय सार्वजनिक गर्नुपर्ने उहाले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रदेश वाल संजाल संयोजक सुदीप पौडेल, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुली, कालीका बहुमुखी क्याम्पसका अध्यक्ष मेघनाथ अर्याल लगायतले कार्यालयको पारदर्शिताका बारेमा प्रशंसा गर्नुभएको थियो ।
कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मीले भौतिक प्रगतीमा ९६ प्रतिशत र बित्तिय प्रगतीमा ८२ प्रतिशत खर्च गरेको लगायत गत आर्थिक बर्षमा सम्पन्न भएका ५० वटा बिभिन्न योजनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाका अनुसार ४८ वटा योजना सम्पन्न भएका छन् ।
शिक्षा तथा संस्कृति बिज्ञान प्रबिधि मन्त्री मेखलाल श्रेष्ठले २०७८ भदौ २८ गते सो कार्यालय उदघाटन गर्नुभएको थियो ।
कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सवइन्जिनियर सदिक्षा भण्डारीले स्वागत एवं कार्यक्रम अधिकृत शोभाकान्त रेग्मीले संचालन गर्नुभएको थियो ।
Wednesday, December 3
Trending
- ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
