Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामाजिक विकास कार्यालय स्याङ्जाको सार्वजनिक सुनुवाई
    गण्डकी प्रदेश

    सामाजिक विकास कार्यालय स्याङ्जाको सार्वजनिक सुनुवाई

    Syangja SandeshBy Syangja SandeshMay 4, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ बैशाख । गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखराको आयोजनामा सामाजिक विकास कार्यालय, स्याङ्जाको सार्वजनिक सुनुवाई गरिएकोे छ ।

    जियो नेट कनेक्सन पोखराको समन्वयमा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय, स्याङ्जाद्धारा आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा प्रदान गरिएको सेवा प्रवाह सम्बन्धमा बारेमा जानकारी गराइएकोे छ ।

    सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तीले २०४७ सालको संबिधानले जिल्ला विकास समितिको अधिकार धेरै दिएको बताउदै २०७२ को संबिधानले धेरै खुम्च्याएको बताउनुभयो ।

    जिल्लाभर संचालनमा रहेका कार्यक्रमका अनुगमनको अधिकार दिए पनि प्रर्याप्त बजेट नहुदाँ समन्वय समितिले उपलब्धी गर्न नसकेको उहाले बताउनुभयो । जसका कारण योजना कार्यान्वयनमा ठुलो समस्या रहेको उहाले औल्याउनुभयो ।

    कार्यक्रममा सहभागी दलित समन्वय समितिका पूर्व उपाध्यक्ष लिलबहादुर रनपाल, राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद शर्मा, सेवाग्राही दिपक पोखरेल, गण्डकी प्रदेश अपांग निर्देशन समितिका बिज्ञ सदस्य युवराज पराजुली, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, रेडियो स्याङ्जा एवं टेलिभिजनका ब्यवस्थापक रमेश गोदार, शिक्षक वीपी पोखरेल, बिद्यार्थीहरु शार्जित दोरंगाा, अस्मिता पौडेल, प्रशान्त दोरंगा लगायतले कार्यालयसंग सम्बिधित सुझाव, जिज्ञासा, गुनासा सोध्नु भएको थियो ।

    न्यून बजेटका बाबजूद पनि विकास निर्माण लगाएत क्षमता अभिबृद्धिका काम गर्नु पर्ने, आफनै भवन र सवारी साधन नहुनु, जिल्लाभर टुक्रे कार्यक्रम तथा योजना दिईनु, सामान्य योजना सम्झौताका लागि प्रदेश कार्यालयमै धाउनु पर्नु, प्राबिधिक कर्मचारी नहुनु लगायत सामाजिक विकास कार्यालयको समस्या रहेको औल्याईएको छ ।

    संघियतापूर्व विस्थापित अधिकांश कार्यालय स्थापित भए पनि महिला तथा बालबालिका कार्यालय स्थापना नभएको जनाउदै सामाजिक विकास कार्यालयलाई महिला तथा बालबालिका कार्यालयको रुपमा स्थापना गराउन अधिकांश वक्ताहरुले जोड दिएका छन् ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख शोभाचन्द्र रेग्मीले कार्यालयबाट प्रदान गरिने सेवा र भावि योजनाका बारेमा जानकारी दिनुभयो । सहभागीका जिज्ञासालाई प्रमुख रेग्मीले जवाफ दिनुभएको थियो ।

    सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका कर्मचारी द्रोण पनेरुले स्वागत एवं पत्रकार प्रकाश ढकालले सार्वजनिक सुनुवाईको सहजीकरण गर्नुभएको थियो ।

    जियो नेटका प्रतिनिधि निकिता कोइरालाले कार्यालयसंग सम्बिन्धित दुई वटा नागरिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाले कार्यालयबाट सेवा लिएर फर्केका सेवाग्राही र सेवा प्रवाहका लागि नागरिकका मतका बारेमा गरिएका अभिमतका बारेमा जानकारी गराउनुभयो ।

    ती दुबै अभिमतका सामाजिक विकास कार्यालयले दिईने सेवा प्रवाहमा सेवाग्राही सन्तुष्ट रहेको अभिमत प्राप्त भएको कोइरालाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.