काठमाण्डौं २५ भदौ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ । नेपाली टिम साफ च्याम्पियनसिपमा भाग लिन कतारबाटै माल्दिभ्स जाने छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदै छ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दुई मुलुकबीचको नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ ९असोज १५० मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्ने छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।