स्याङ्जा १३ जेठ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत रहेको प्रहरी चौकी साखरको नवनिर्मित कार्यालय भवनको उद्दघाटन भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले उक्त नवनिर्मित प्रहरी चौकीको उद्दघाटन गर्नुभएको हो । प्रहरी नायव महानिरीक्षक सिहले प्रहरी कर्मचारीहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
प्रहरी नायव महानिरीक्षक सिहले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभएको थियो ।
नेपाल सरकारबाट विनियोजित २करोड १५ लाख ३हजार १ सय ५८ रूपैयाँको लागतमा प्रहरी चौकी भवन, मेस, शौचालय, व्यारेकसहितको भवनको निर्माण कार्य सम्पन्न भएको गण्डकी प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
राधा आमा समुहको भजनकिर्तनका साथ ईलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाहको स्वागतसँगै सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रमुख शालिकराम शर्मा र कार्यक्रमको सन्चालन प्रहरी निरीक्षक वृन्देश्वर यादवले गर्नुभएको थियो।
चापाकोट नगरपालिका नगरउप प्रमुख इशा राना, प्रमुख जिल्ला अधिकारी सुनिता, नेपाल गण्डकी प्रदेश प्राविधिक प्रहरी नायव उपरीक्षक धुर्व अधिकारी, चापाकोट नगरपालिका वडा न ६ का वडा अध्यक्ष तारा देवि पोखरेल चौकी निर्माण समितिका सचिव घनश्याम खनाल लगायतले आफ्नो भनाइ राख्नभएको थियो ।