स्याङ्जा २० चैत । सहकारीमा सुशासनः प्रबिधि र एकिकरण भन्ने नाराका साथ पुतलीबजार नगरपालिकाले ६७ औं सहकारी दिवस मनाएको छ ।
पुतलीबजार नगरपालिकामा क्रियाशिल सरकारी संस्थाका संचालक समितिका अध्यक्ष तथा प्रवन्धकलाइ लक्षित गर्दै २ दिने क्षमता विकास तथा सचेतना तालिम गर्दे दिवस मनाइएको हो ।
तालिमको उदघाटन गर्दै पुतलीबजारका प्रमुख प्रशासिकय अधिकृत चिरन्जीवी पौडेलले सहकारीहरु सहकारी जस्तै भएर संचालन गर्नुपर्ने बताउनुभयो । स साना रकम बचत गर्दै आवश्यक समस्या समाधान गर्दै आएको सहकारीले निम्न तहका ब्यक्तिलाई माथि उकास्नेगरी सेवा प्रवाहमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
सहकार्य गर्दे अघि बढ्ने मान्यता राखेका सहकारीले संचालकदेखि बचतकर्ता, ऋणी र शेयरकर्ता सबैबीच समान ब्यबहार र नियम लागु गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविन्दमान श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, तालिममा सहभागी सहकारीका अध्यक्ष रमण ढकाल र सीता पुरी लगायतले तालिमको प्रभावकारितामा जोड दिदै राज्यले अवलम्बन गरेका ३ निती मध्ये सहकारीप्रति राज्यले उदार भएर सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँहरुले आगामी दिनमा पनि यस्ता खालका तालिम तथा प्रशिक्षणको आवश्यकता औल्याउनुभयो ।
सोही कार्यक्रममा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्काले प्रशिक्षण दिनुभएको थियो । सहकारी तथा स्थानीय सहकारी ऐन, सहकारी क्षेत्रका प्रमुख समस्या र समाधानका उपाय सहित भावी कार्ययोजना, सहकारीका सिद्धान्त एवं बिशेषता, सहकारीकर्मीमा आचारसंहिता, आन्तरिक नीति, कार्यबिधिी निर्देशिका नर्जुमा, कार्यान्वयन, दण्ड, पुरस्कार, संस्थाका पदाधिार तथा जिम्मेवार ब्यक्तिका काम, कर्तब्य र अधिकारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रशासन शाखा एवं सहकारी शाखा प्रमुख धनप्रसाद कोइरालाले गर्नुभएको थियो । तालिममा नगरपालिका भित्रका ७४ वटा सहकारी संस्थाका अध्यक्ष÷प्रवन्धकको सहभागीता थियो ।