स्याङ्जा ५ असार । स्याङ्जामा सेवारत सशस्त्र प्रहरी बल गुल्म नं. ३० प्रदेशकै उत्कृष्ट भएको छ । वालिङ नगरपालिका –८ घ्याङलीङ्मा मुख्य कार्यालय रहेको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको हो ।
गुल्मको कार्यसम्पादनका आधारमा सशस्त्र प्रहरी बल — ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसको अवसर पारेर गुल्मलाई उत्कृष्ट घोषणा गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण इकाईको योग्यता क्रम निर्धारण सम्बन्धी निरीक्षणबाट सो गुल्म उत्कृष्ट भएको गुल्मपति देवराज जोशीले जानकारी दिनुभयो ।
कार्य सम्पादनमा ४४८ दशमलब ९६ अर्थात् ७३ दशमलब ६० प्रतिशत अङ्कसहित गुल्म प्रदेशकै उत्कृष्ट र, देशभरमा चौथो भएको बताइएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी नायब उपरीक्षक जोशीलाई उत्कृष्टको प्रशंसापत्र पत्र प्रदान गर्नुभएको छ ।